कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

विजयी उम्मेदवारलाई ५१ केजीको माला

धनकुटा — प्रतिनिधिसभा सदस्यमा विजयी भएका राजेन्द्र राई शनिवार मतदातालाई धन्यवाद दिन गाउ‘ पुग्दा आश्चार्य चकित भए ।

विजयी उम्मेदवारलाई ५१ केजीको माला

विजयी भएपछि जिल्लाभरी मतदाताको घरदैलोमा हिड्नेक्रममा धनकुटा ९ बेलहारा पुग्दा उनी स्थानीयले ५१ किलोग्रामको माला लगाइदिएपछि उनी अचम्मित बनेका हुन् ।


वाम गठबन्धनबाट एमालेका तर्फबाट उम्मेदवार भएर विजयी भएका राईलाई सयौंको संख्यामा भेला भएका स्थानीयबासीले पहिले फुलमाला तथा अवीरले स्वागत गरे । तर उनलाई पूर्व जानकारी नदिई स्थानीयले थामिनसक्नुको माला पहिरिदिएपछि उनी खुसीले उत्साहित भए ।


गलामा पहिऱ्याएको माला थाम्न राईलाई हम्मेहम्मे परेको थियो । उनले खुसीको क्षण थाम्न नसकेको अश्रुमिश्रित हॉसो हासिरहे । ‘मैले जीवनमा यति धेरै खुसी र अनौठो महशुस पहिलो पटक भोगें’, उनले भने, ‘स्थानीयबासीले गरेको स्वागतसँगै मतको कदर गर्न म सदैव जिम्मेवार भएर जुट्ने छु ।’


उनलाई लगाइएको माला करिब १० मिटर गोलाई सहित ५१ केजीको रहेको स्वागत कार्यक्रमका संयोजक तथा नगरपालिका वडा नं ९ का वडाध्यक्ष सन्दिप रायमाझीले बताए । माला थाम्न आसपास रहेका स्थानीयले सहयोग गरेका थिए ।

प्रकाशित : पुस ८, २०७४ १८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?