१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

म्यादी प्रहरी मृत्युको घटना छानबिन गर्न गृहले बनायो समिति 

मृतकका परिवारलाई दस लाख रुपैयाँ दिने निर्णय

काठमाडौँ — गृहमन्त्रायले कालिकोटमा प्रहरीको गोली लागी म्यादी प्रहरीको मृत्यु भएको घटनाको छानबिन गर्न समिति बनाएको छ ।

म्यादी प्रहरी मृत्युको घटना छानबिन गर्न गृहले बनायो समिति 

मन्त्रालयका सहसचिव मानबहादुर विश्वकर्माको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति बनाइएको छ । समितिमा नेपाल प्रहरीको डिआईजी रमेश खरेल, सशस्त्र प्रहरीका डिआईजी प्रवीण श्रेष्ठ, राष्ट्रिय अनुसन्धान विभागका लक्ष्मण गुरुङ रहेका छन् । सात दिनभित्र घटनाबारे सत्य-तथ्य बुझेर प्रतिवेदन तयार पार्ने जिम्मा समितिलाई छ । ।


गृह मन्त्रालयले मृतक म्यादी प्रहरीका परिवारलाई दस लाख रुपैयाँ दिने निर्णय समेत गरेको छ । त्यस्तै उक्त घटनामा घाइते भएकाहरुलाई नि:शुल्क उपचार समेत गर्ने निर्णय गरेको छ ।


सेवासुविधा कम भएको भन्दै आन्दोलनमा उत्रिएका म्यादी प्रहरीमाथि कालिकोटको सदरमुकाममा प्रहरीले शुक्रबार गोली चलाउँदा म्यादी विवेक ऐडीको मृत्यु भएको थियो ।

प्रकाशित : पुस ८, २०७४ १८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?