वामपन्थी समीकरणको विकल्प छैन : दाहाल

नवलपरासी — माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले ताजा जनादेश वामपन्थीको पक्षमा रहेको औंल्याउँदै त्यसबाहेकको समीकरणबाट सत्ता बनाउन खोजे असफल हुने बताएका छन् ।

वामपन्थी समीकरणको विकल्प छैन : दाहाल


पूर्वी नवलपरासीको कावासोतीस्थित पार्टी कार्यालयमा शनिबार कार्यकर्तामाझ उनले भने, ‘निर्वाचन परिणाम आउने क्रममा केही साथीले मधेसवादी दलसँग मिलेर सरकार बनाउन खोजे पनि अन्तिममा वामपन्थीकै पक्षमा जनमत देखिएकाले उनीहरू विफल भए ।’ एमालेकै केही व्यक्ति मधेसवादी दलसँग मिलेर सरकार बनाउने प्रयासमा लागेको खुलाउँदै उनले त्यसले सार्थकता पाउन नहुनेमा दुवै पार्टीको नेतृत्व सजग रहेको बताए । वाम गठबन्धन सरकारको विकल्प नरहेको उनले दोहोर्‍याए ।


आफ्नै प्रस्तावमा वाम गठबन्धन बनेकाले त्यसैअनुसार पार्टी एकता हुनेमा ढुक्क हुन दाहालले कार्यकर्तालाई आश्वस्त पारे । उनले माओवादी केन्द्र जता गयो त्यतै सरकारका लागि बहुमत पुग्ने भएकाले आफूहरू नै अहिलेको शक्ति रहेको दाबी गरे । ‘अरूको सहयोगमा सरकार गठन गर्न खोज्नु जनादेशविपरीत हुनेछ,’ दाहालले भने, ‘केही साथीहरूले त्यस्तो असफल प्रयास गरे पनि अन्ततोगत्वा वाम गठबन्धनकै सरकार बन्नेमा ढुक्क छु ।’

प्रकाशित : पुस ९, २०७४ ०७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?