२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

बहसमा साइकल सिटी अभियान

काठमाडौँ — ‘दुई पांग्रे साइकल यो इन्जिन नहालेको, कति राम्रो चढी हिंडा धुवाँ नफालेकोज्यान बनाऊँ पैसा बचाऊँ, जोगाऊँ वातावरण, सर्वगुणी साइकल चढी बनौं उदाहरण ...’
साइकल अभियानका सदस्य हरिकुमार सिलवालले आफ्नो कविता यसरी वाचन गर्दै गर्दा दर्शकदीर्घामा समर्थनको ताली बज्यो । उनी पेसाले चार्टर एकान्टेन्ट हुन् ।

बहसमा साइकल सिटी अभियान

‘दुई पांग्रे साइकल यो इन्जिन नहालेको, कति राम्रो चढी हिंडा धुवाँ नफालेकोज्यान बनाऊँ पैसा बचाऊँ, जोगाऊँ वातावरण, सर्वगुणी साइकल चढी बनौं उदाहरण ...’

साइकल अभियानका सदस्य हरिकुमार सिलवालले आफ्नो कविता यसरी वाचन गर्दै गर्दा दर्शकदीर्घामा समर्थनको ताली बज्यो । उनी पेसाले चार्टर एकान्टेन्ट हुन् । साइकल प्रयोगले वातावरण र जनस्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने विषयमा उनले शुक्रबार राजधानीको थापाथलीस्थित मार्टिन चौतारीमा आयोजित अन्तरक्रियामा कविता सुनाए । साइकल सिटी नेटवर्कले साइकल आविष्कारको दुई सय वर्ष पुगेको सन्दर्भमा उक्त अन्तक्र्रिया गरेको हो । अध्यक्ष शैल श्रेष्ठका अनुसार नेटवर्कले काठमाडौं उपत्यकालगायत सातवटा सहरमा साइकल अभियान चलाइरहेको छ । साइकल प्रयोगले शारीरिक, मानसिक तन्दरुस्ती कागम गर्ने , वातावरणीय प्रदूषण घट्ने, ध्वनि प्रदुषण नहुने, गरिब मुलुकको कुल गार्हस्थ बढाउन सहयोग पुग्नेलगायत फाइदा पुग्छ । तर समाजमा साइकललाई ‘निम्नवर्गले चढ्ने साधन’का रुपमा लिने गरिएको अभियनता उल्लेख गर्छन् ।


अभियानले पाँच वर्षदेखि हरेक सहरमा ‘साइकल सिटी’ निर्माण गरी प्रदुषणमुक्त गर्ने लक्ष्य लिएको छ । सडक विस्तारसँगै नीलो साइकल लेन निर्माण हुनुपर्ने भन्दै अभियानले सरकारको ध्यानाकर्षण गराउँदै आएको छ । साइकल लेन निर्माण गर्दा बढीमा १० प्रतिशत थप बजेट बढ्ने आंकलन गरिदै आएको छ । ‘साइकल मनोरन्जनको निम्ति मात्र सोच्नु गलत हो,’ हङकङ युनिभर्सिटीबाट काठमाडौंमा साइकल प्रयोगको सम्भावनाबारे अनुसन्धान गरेका सोमराज रानाले भने, ‘साइकललाई मूल सडक, नदी किनारा र सार्वजनिक थलोहरूमा लेन तयार गर्न उपयुक्त छ । त्यसो गर्दा पैदल यात्री बढ्ने र व्यापार व्यावसायले समेत बढावा पाउने अवस्था आउँछ ।’


साइकल प्रयोगको अवस्था भने नाजुक रहेको प्रयोगकर्ता उल्लेख गर्छन् । ‘अहिले साइकल चलाउनु मुस्किल हुँदैछ,’ अभियानका सदस्य रत्नराम श्रेष्ठले अनुभव सुनाउँदै भने, ‘सार्वजनिक गाडीले साइकल यात्रीलाई किचेमा भैसीको मूल्यभन्दा पनि कम क्षतिपूर्ति दिइन्छ ।’


महानगरीय ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक विपिन गौतम राजधानी साइकल प्रयोगका लागि सुविधाजनक नरहेको बताए । ‘साइकल प्रयोग गर्नु स्वास्थ्य र वातावरण संरक्षणका निम्ति उपयुक्त छ,’ अन्तरक्रियामा उनले भने, ‘तर साइकलले सडकमा दिने संकेत नहुनु, साइकल चलाउनेलाई सवारी नियमबारे जानकार नहुनुले दुर्घटना हुने खतरा छ । साइकल चालकलाई पैदल यात्री र सवारीचालकको नियमबारे जानकारी भए मात्र उपयुक्त हुन्छ ।’ राजधानीमा निर्माण भइरहेका सडकहरूमा नीलो साइकल लेनको व्यवस्था हुन नसकेको समेत उनले जनाए ।

प्रकाशित : पुस ९, २०७४ ०८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?