१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

ताराले काठमाडौं–भोजपुर उडान गर्ने

विद्या राई

भोजपुर — लालुपाते ट्राभल्ससंगको समन्वयमा प्राइभेट कम्पनीको तारा एयरले आगामी पौष १९ बाट भोजपुर–काठमाडौ उडान भर्ने भएको छ । यहाँको विकास र पर्यटन प्रवद्र्धनलाई मध्यनजर गर्दै हप्तामा एकपटक बुधबार उडान गर्ने भएको ट्राभल्सका रोशन श्रेष्ठले बताए । 

ताराले काठमाडौं–भोजपुर उडान गर्ने

‘अहिले तत्कालको लागि हप्ताको एउटा उडान हुनेछ, यात्रुको चापलाई ध्यान दिन्छौं, यात्रु सधैं भइरहेमा अरु दिन पनि सेडुअल थप्न सक्छाैं,’ उनले भने । ताराले एक मात्र टक्सार विमानस्थल पूर्ण रुपमा कालोपत्रे भएपछि पहिलोपटक उडान गर्न लागेको छ । उडान भर्ने भएपछि यात्रुलाई राजधानी आउजाउ गर्न सहज हुने स्थानीयको अपेक्षा छ ।


‘यसरी नीजि क्षेत्रका वायुसेवा निगम कम्पनीका जहाजहरु जिल्लामा थपिँदै जाने हो भने पर्यटन विकासमा टेवा पुग्छ,’ नागरीक समाजका संयोजक पर्शुराम तिवारीले भने । विमानस्थल कालोपत्रे भएयता नियमित हवाई उडान साथै आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा पनि वृद्धि भएको छ । हाल नेपाल वायुसेवा निगमको ट्वीनअटर जहाजले हप्ताको तीन पटक भोजपुर–काठमाडौं र दुई पटक भोजपुर–विराटनगर उडान भर्दै आएको छ ।


प्रकाशित : पुस ९, २०७४ १३:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?