सिलवाल प्रकरणमा प्रहरीले अनलाइनहरुलाई सोध्यो, 'कार्य सम्पादन मूल्यांकन कस्ले दिएको ?

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रहरीले ललितपुर–१ बाट हालै मात्र प्रतिनिधिसभामा निर्वाचित पूर्वप्रहरी नायव महानिरीक्षक (डिआइजी) नवराज सिलवालको कार्यसम्पादन मुल्यांकनसंग सम्बन्धित समाचारको स्रोत उल्लेख गर्न भन्दै तीन वटा समाचार अनलाइनलाई पत्र काटेको छ ।

प्रहरीले ललितपुर–१ बाट हालै मात्र प्रतिनिधिसभामा निर्वाचित पूर्वप्रहरी नायव महानिरीक्षक (डिआइजी) नवराज सिलवालको कार्यसम्पादन मुल्यांकनसंग सम्बन्धित समाचारको स्रोत उल्लेख गर्न भन्दै तीन वटा समाचार अनलाइनलाई पत्र काटेको छ।

Yamaha

महानगरीय प्रहरी परिसर काठमाडौंले मुलधारन्युज डट कम, सुशासन डट कम, सुभदिन डट कमलाई सिलवालको आर्थिक बर्ष २०७२/७३ को सक्कली र नक्कली भनिएको कार्यसम्पादन मुल्यांकनसंग सम्बन्धित कागजात उपलब्ध गराउन र त्यसको स्रोतसमेत खुलाउन अनुरोध गर्दै शुक्रबार पत्र पठाएको थियो।

गत बर्ष सहकर्मी डीआइजी जयबहादुर चन्दलाई सरकारले प्रहरी प्रमुख बनाउने तयारी गरेपछि सिलवालले आफ्नो कार्य सम्पादन मुल्यांकनको नम्बर धेरै रहेको भन्दै सर्वोच्च अदालतमा दुद्दा दायर गरेका थिए। सर्वोच्चको आदेशपछि सरकारले तत्कालिन डीआइजी प्रकाश अर्याललाई प्रहरी प्रमुख बनायो। यसको विरुद्ध सिलवालले अर्यालको भन्दा आफ्नो धेरै नम्बर रहेको भन्दै कार्यसम्पादन मुल्यांकनको कपि सर्वोच्चमा समेत बुझाएका थिए।

उक्त मु्द्दामा हालै मात्र सार्वजनिक भएको सर्वोच्च अदालतको फैसलाको पूर्ण पाठमा उक्त कार्यसम्पादन मुल्यांकनको कपी सक्कली हो वा नक्कली भन्ने सम्बन्धमा अनुसन्धान गर्न भनिएको छ। उक्त फैसलाको आधारमा प्रहरी पुन अनुसन्धान सुरु गरिएको बताएको छ।
प्रहरी स्रोतले सिलवालले आफ्नो कार्य सम्पादन मुल्यांकनको प्रति ति मिडियाबाट पाएको उल्लेख गरेका कारण पत्र काटेर कहाँबाट प्राप्त गरेको हो भन्ने सोधेको बतायो।

सञ्चार सम्बद्ध संस्थाले भने प्रहरीको उक्त कार्यको विरोध गरेको छ। प्रेस चौतारी, नेपालले बिज्ञप्ति जारी गरी आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। उसले भनेको छ, ‘प्रकाशित समाचारको स्रोत दिन आदेश सहित पत्र लेखिनु र पत्रकारको ‘कल डिटेल’ मागिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरुद्धको नांगो हस्तक्षेप मात्रै नभई यो राज्य आतंक समेत हो।’ उसले प्रेस काउन्सिल नेपालको अधिकार क्षेत्रभित्र रहेको विषयलाई नेपाल प्रहरीले हस्तक्षेप गरी संबैधानिक र कानुनी व्यवस्थाको समेत धज्जी उठाएको समेत उल्लेख गरेको छ।

प्रकाशित : पुस ९, २०७४ १३:१५
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

ताराले काठमाडौं–भोजपुर उडान गर्ने

विद्या राई

भोजपुर — लालुपाते ट्राभल्ससंगको समन्वयमा प्राइभेट कम्पनीको तारा एयरले आगामी पौष १९ बाट भोजपुर–काठमाडौ उडान भर्ने भएको छ । यहाँको विकास र पर्यटन प्रवद्र्धनलाई मध्यनजर गर्दै हप्तामा एकपटक बुधबार उडान गर्ने भएको ट्राभल्सका रोशन श्रेष्ठले बताए । 

‘अहिले तत्कालको लागि हप्ताको एउटा उडान हुनेछ, यात्रुको चापलाई ध्यान दिन्छौं, यात्रु सधैं भइरहेमा अरु दिन पनि सेडुअल थप्न सक्छाैं,’ उनले भने । ताराले एक मात्र टक्सार विमानस्थल पूर्ण रुपमा कालोपत्रे भएपछि पहिलोपटक उडान गर्न लागेको छ । उडान भर्ने भएपछि यात्रुलाई राजधानी आउजाउ गर्न सहज हुने स्थानीयको अपेक्षा छ ।

‘यसरी नीजि क्षेत्रका वायुसेवा निगम कम्पनीका जहाजहरु जिल्लामा थपिँदै जाने हो भने पर्यटन विकासमा टेवा पुग्छ,’ नागरीक समाजका संयोजक पर्शुराम तिवारीले भने । विमानस्थल कालोपत्रे भएयता नियमित हवाई उडान साथै आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा पनि वृद्धि भएको छ । हाल नेपाल वायुसेवा निगमको ट्वीनअटर जहाजले हप्ताको तीन पटक भोजपुर–काठमाडौं र दुई पटक भोजपुर–विराटनगर उडान भर्दै आएको छ ।

प्रकाशित : पुस ९, २०७४ १३:१२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT