राष्ट्रियसभा गठन अध्यादेश चाँडो प्रमाणीकरण गर्न माग

काठमाडौँ — नेपाल विद्यार्थी संघले राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा गठन अध्यादेश चाँडो प्रमाणीकरण गर्नुपर्ने माग गर्दै दबाबमूलक पदयात्रा निकालेको छ । 

नेविसंघले दुई महिना अगाडि सरकारले पठाएको अध्यादेश स्वीकृत नगरिएको भन्दै निकालेको पदयात्रा विश्वभाषा क्याम्पस, पद्मोदय मोड, बागबजार चोक, पद्मकन्या क्याम्पस हुँदै रत्नपार्कमा पुगेर कोणसभामा परिणत भएको थियो । सभालाई सम्बोधन गर्दै नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेले संविधानको जगमा टेकेर बनेका राष्ट्रपतिले संविधानअनुसार पठाइएको अध्यादेशलाई रोक्न नमिल्ने बताए ।

Yamaha


नेविसंघका उपाध्यक्ष रामप्रसाद अधिकारीले दुई महिना अगाडि नै पठाइएको अध्यादेश चित्त नबुझे १५ दिनभित्र फिर्ता पठाउने प्रावधान रहे पनि रोक्नु संविधान विपरीत भएको बताए ।

सरकारले सिफारिस गरेर राष्ट्रपति कार्यालयमा पठाए पनि उक्त अध्यादेश प्रमाणीकरण हुन नसक्दा राष्ट्रियसभा गठनमा ढिला भएको छ । राष्ट्रियसभाको गठनबारे नेपाली काँग्रेस एकल संक्रमणीय तथा नेकपा (एमाले) बहुमतीय प्रणालीका पक्षमा छन् ।

Esewa Pasal

प्रकाशित : पुस ९, २०७४ १५:०६
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

अस्ट्रेलियामा झुम्मिँदै कलाकर्मी

नारायण खड्का

सिड्नी — अस्ट्रेलिया पछिल्लो समयमा नेपाली कलाकारहरुको रोजाईको गन्तव्य बन्दै गएको छ । 

नेपाली कार्यक्रम तथा चलचित्रहरु प्रदर्शन साताभर जस्तै हुन थालेपछि नेपाली कलाकारहरुको गन्तव्य बन्दै गएको पुष्टि भएको हो । कार्यक्रमसँगै कलाकारहरुलाई घुम्ने अवसर पनि मिल्ने गरेको छ । शनिबारमात्र यहाँका दुई सहरमा अलग-अलग दुई सांगीतिक कार्यक्रम आयोजना गरियो । सिड्नीमा वि टिमले नेपालबाट आएका गजल गायक राज सिग्देलको स्थानीय कलाकार साथमा सांगीतिक कार्यक्रम गरेको थियो भने दक्षिण अस्ट्रेलियामा थ्री केजी इन्टरटेन्मेन्टको आयोजनामा नेपाल आइडलका विजेताहरुको प्रस्तुति ।

नेपाल आइडलका उत्कृष्ट तीन गायकहरु बुद्ध लामा, निसान भट्टराई र प्रताप दासको प्रस्तुति एकातिर उत्कृष्ट बनेको थियो भने अर्कोतिर गजल गायक सिग्देलको प्रस्तुतिले समेत सिड्नीका दर्शकलाई मोहित बनायो । चलचित्र निर्देशक तथा वितरक दिनेश पोखरेल भन्छन्, ‘पछिल्लो समयमा अधिकांश युवासहित नेपालीको जनसंख्या बढ्नुले नेपाली गीत, संगीत र चलचित्रले राम्रो बजार पाउन थालेको हो’उनी यसरी बाक्लै नेपाली कार्यक्रम हुनु नेपाली कलाकार र संगीतकर्मीहरुको लागि राम्रो भए पनि गुणस्तरमा ध्यान दिनुपर्ने बताउँछन् ।

गतसाता मात्र पहिलोपटक परम्परागत नेपाली बाजाहरु ल्याएर गायक बसन्त थापा, डोमा शेर्पालगायतका कलाकारसहित पञ्चेबाजा धमाका साँझको आयोजना गरिएको थियो । ‘अस्ट्रेलिया वास्तवमै नेपाली कलाकारहरुका लागि राम्रो अवसरका रुपमा विकास भइरहेको छ’नेपाली टचका दीपेश पुन भन्छन् ।

चलचित्रका लागि समेत प्रमुख बजार बन्दै गइरहेको अस्ट्रेलियामा नेपाली चलचित्रले न्यूनतम ५ लाखदेखि बढीमा २० लाख रुपैयाँसम्म आम्दानी गर्न सफल हुने गरेको वितरकहरुको भनाइ छ ।

प्रकाशित : पुस ९, २०७४ १५:०२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT