चिसोले जनजीवन प्रभावित

कमल पन्थी

गुलरिया — चिसो बढेपछि बर्दियाको जनजीवन प्रभावित भएको छ । शनिबार बिहानैदेखि लागेको बाक्लो हुस्सु सँगै चिसो हावाले वृद्ध र बालबालिका बढी प्रभावित बनेका छन् ।

चिसोले जनजीवन प्रभावित

चिसोका कारण अस्थायी शिविरमा बस्दै आएका गुलरिया-५, रामपुरटप्पुका बाढीपीडित जाडोले रातभर कठ्यांग्रिएर बस्न बाध्य छन् । ०७१ साल साउन अन्तिम साता आएको बाढीले घर जग्गा बगाएका रामपुर टप्पुका ४१ परिवार अस्थायी शिविरमा बस्दै आएका छन् । अत्यधिक चिसोले निमोनिया, रुघाखोकीका बिरामी बढेको चिकित्सकले बताएका छन् ।


जिल्ला अस्पतालका मेडिकल सुपरिन्टेन डाक्टर सुभाष पाण्डेयले चिसोका कारण दैनिक झण्डै १ सय ५० बिरामी उपचारार्थ आउने गरेको बताए । तीमध्ये अधिकांश रुघाखोकी, दम, निमोनियाका भएको डाक्टर पाण्डेयले जनाए ।


विगतमा नगरपालिकाले चिसोबाट बच्न सार्वजनिक स्थलमा दाउरा उपलब्ध गराउँदै आएकोमा यसपाला वितरण गरेको छैन । चिसोका कारण ग्रामीण क्षेत्रका विद्यालयमा बालबालिकाको उपस्थिति पातलिँदै गएको छ । गुलरियाको न्यूनतम तापक्रम आइतबार ७ डिग्री छ ।


हिस्सुले बिहान सवारीसाधन लाईट बालेर गुड्ने गरेका छन् । राति सवारी साधन हुस्सुले नजिकै हेर्न नसक्ने अवस्था रहेको स्थानीय सवारी चालक बताउँछन् । अरु बेला १ घण्टामा गन्तव्यमा पुग्ने सवारी साधन हुस्सु लागेको समय दुई घण्टा बढी लाग्ने गरेको छ । हुस्सु लागेको समय बत्ती बालेर सवारी साधन गुडाउन ट्राफिक प्रहरीले सर्वसाधरणलाई आग्रह गरेको छ । जाडो बढेका कारण न्यानो कपडा खरिद गर्नेको ग्राहक बढेको व्यवसायी बताउँछन् ।

प्रकाशित : पुस ९, २०७४ १७:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?