१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

रेशमको रिटमाथि सर्वोच्चको दरपिठ

काठमाडौँ — फौजदारी अभियोगमा फरार आरोपी एवं कैलाली क्षेत्र १ बाट निर्वाचित सांसद रेशम चौधरीलाई आफैं उपस्थित भएर निर्वाचित भएको प्रमाणपत्र बुझाउनुपर्ने सर्वोच्च अदालतले आइतबार आदेश दिएको छ । वारेसमार्फत प्रमाणपत्र बुझी पाऊँ भन्ने उनको निवेदन अस्वीकृत गरेको प्रशासनको निर्णयलाई सर्वोच्चले सदर गरेको छ ।

रेशमको रिटमाथि सर्वोच्चको दरपिठ

आफूलाई साधारण तारेखमा छाड्नुपर्ने चौधरीको दाबीसहितको निवेदन न्यायाधीश टंक मोक्तानको एकल इजलासले अस्वीकृत गर्ने दरपिठ आदेशसमेत सदर गरेको छ । ‘आफू निर्दोष भए वा आफूमाथिको आरोप झुटो भए प्रक्रियाबाटै सफाइ लिनुपर्ने,’ आदेशमा उल्लेख छ । अभियोग लागेको अवस्थामा त्यसलाई बेवास्ता गरी अरू सुविधा दिन नमिल्ने सर्वोच्चले रायसमेत दिएको छ ।


प्रकाशित : पुस ९, २०७४ १७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?