१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

म्यादी प्रहरीलाई तलब भत्तामा भेदभाव गरिएको छैन : प्रहरी प्रवक्ता

काठमाडौँ — नेपाल प्रहरीले म्यादी प्रहरीको तलव, भत्तामा कुनै भेदभाव नगरिएको स्पष्ट पारेको छ । 

म्यादी प्रहरीलाई तलब भत्तामा भेदभाव गरिएको छैन : प्रहरी प्रवक्ता

आज यहाँ आयोजित साक्षात्कार कार्यक्रममा प्रहरी प्रवक्ता नायब प्रहरी महानिरीक्षक मनोज न्यौपानेले सबै म्यादी प्रहरीलाई पूर्वघोषित तलव, रासन र स्थानीय भत्ता सुविधा दिइसकिएको जानकारी दिँदै दिने भनिएको कुनै सुविधामा कटौती नगरिएको बताए ।


उनले भने –“सबैलाई आधारभूत तलव मासिक रु १७ हजार २३० का दरले दिइएको छ । यस्तै, रासन र स्थानीय भत्ता सुविधा फरक-फरक जिल्ला र एउटै जिल्लाभित्र पनि फरक-फरक सुविधा तोकिएअनुसार सुविधा दिइएको छ ।”


शुक्रबार तोकिएको भन्दा कम सेवा, सुविधा पाएको भन्दै कालिकोटमा म्यादी प्रहरीले आन्दोलन गर्दा म्यादी प्रहरी विवेक ऐडीको मृत्यु भएको थियो । कालिकोटमा म्यादी प्रहरीलाई दिने भनिएको सवै सेवा, सुविधा दिइएको प्रवक्ता न्यौपानेले जानकारी दिए ।


कालिकोट घटनाको सम्बन्धमा छानविन समिति गठन गरिएको र समितिले काम सुरु गरिसकेको उनले बताए ।


म्यादी प्रहरीको भर्ना खोल्दा तोकिएकै सेवा, सुविधाअनुसारको रकम बैंकमार्फत उनीहरुको खातामा पठाइएको उनको भनाइ छ ।


सरकारले ५५ दिनका लागि ९८ हजार २६८ म्यादी प्रहरीका लागि भर्ना माग गरेको थियो । निर्वाचन अवधिभर एक हप्ताका लागि प्रतिदिन रु २५० का दरले विशेष भत्ता, रासन र सात दिनकै लागि प्रतिदिन रु २५० का दरले खाजा-खाना खर्च उपलब्ध गराएको थियो ।


यस्तै, सेवा अवधिभर घाइते भएमा उपचार खर्चवापत रु एक लाख ५० हजार र मृत्यु भएमा रु १५ लाखको बिमा गरिएको थियो । यस्तै, पोशाक भत्ताबापत रु चार हजार र खटिएको ठाउँमा जान रु एक हजार खर्च उपलब्ध गराइएको प्रवक्ता न्यौपानेले जानकारी दिए । रासस

प्रकाशित : पुस ९, २०७४ १७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?