कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

यातायात कार्यालय सुकेधाराका दुई कर्मचारी घूससहित पक्राउ

काठमाडौँ — यातायात व्यवस्था कार्यालय सुकेधारा काठमाडौंमा कार्यरत नायव सुव्बा यादव पौडेल र खरिदार सुमन पोख्रेल घूस रकमसहित कार्यालय परिसरबाटै पक्राउ परेका छन् । 

यातायात कार्यालय सुकेधाराका दुई कर्मचारी घूससहित पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, टंगाल, काठमाडौंको टोलीले नायव सुव्बा पौडेल र खरिदार पोख्रेललाई घूसबापत लिएको ३२ हजारसहित पक्राउ गरेको जनाएको छ । उनीहरुसँगै लेखापढी व्यवसायी अशोक कार्की पनि समातिएका छन् ।


आयोगका अनुसार साउदी अरेवियन सवारी चालक अनुमति-पत्रको आधारमा नेपाली सवारी चालक अनुमति-पत्र बनाई दिने (नेपालीकरण गर्ने) भन्दै सेवाग्राहीसँग लेखापढी व्यवसायी कार्कीमार्फत घूस रकमबापत उनीहरुले ३२ हजार लिएका थिए ।


पक्राउ परेका तीनै जनामाथि अनुसन्धान भइरहेको अख्तियारले बताएको छ ।


प्रकाशित : पुस ९, २०७४ १८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?