२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

हचुवाको भरमा खोला थुन्ने बाँध, दुई सातामै भत्कियो

भरत जर्घामगर

सिरहा — लागत इष्टिमेट र प्राविधिक डिजाइनबिनै हचुवाको भरमा खोला थुन्न बनाइएको ‘बालुवा बाँध’ भत्किएको छ । 

हचुवाको भरमा खोला थुन्ने बाँध, दुई सातामै भत्कियो

लहान नगरपालिकाको मध्य भागबाट बग्ने खुट्टी खोलामा सिंचाईका लागि बनाइएको बाँध दुई हप्तामै भत्किएको हो । यसबाट पाँच लाख रुपैयाँभन्दा बढी लागत रकम खेर गएको छ ।


प्राविधिक डिजाइन र लागत इष्टिमेटबिना ३२ वर्षभन्दा अघिदेखि बन्द रहेको नहरमा पानी चढाउन नगरपालिकाले खुट्टी खोलामा साढे तिन मिटर अग्लो डेढ किलोमिटर लम्बाईको बालुवाको बाँध निर्माण गरेको थियो । एक्साभेटरबाट बालुवा तानेर सतहमा ५ देखि ६ र टुप्पोमा डेढदेखि साढे दुई मिटर चौडाईको बाँध निर्माण गरिएको थियो ।


नगरपालिकाले बालुवाले भरेर बाँध निर्माणका लागि प्रतिघण्टा ३ हजार ३ सय रुपैयाँ लागत दरमा एक्साभेटर भाडामा लिएको थियो । ‘बाँध निर्माणका लागि घण्टाको हिसावमा एक्साभेटर भाडामा ल्याइएको थियो,’ सव ईन्जिनियर शिवशंकर चौधरीले ‘नहर सफाई र बालुवा बाँध निर्माणका लागि डेढ सय घण्टा जति एक्साभेटर चलेको छ ।’


उनले भने, ‘खोला र नहरको सतह हेर्दा पनि पानी चढने कुनै सम्भावना थिएन ।’


बाँध निर्माणका लागि कुनै प्राविधिक डिजाइन र इष्टिमेट नभएको उनले जनाए । स्थानीय सरकारको रुपमा क्रियाशील नगरपालिकामा प्राविधिक लगायत विषयगत फाँट छन् । बाँध निर्माण योजनाबारे प्राविधिक तथा योजना शाखाले जानकारी नभएको जनायो ।


लहान नगरपालिकाले हचुवाको भरमा खुट्टी खोलामा निर्माण गरेको बालुवाको बाँध र भत्केको बाँधस्थल । तस्बिर : भरत जर्घामगर/कान्तिपुर


प्रकाशित : पुस ९, २०७४ १८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?