कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

उपमेयर ताला लगाउँदै, मेयर तोड्दै

रानीपोखरीमा विवाद
जनकराज सापकाेटा

काठमाडौँ — मंगलबार बिहान काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले रानीपोखरीको गेटमा लगाएकी ताला दिउँसो मेयर विद्यासुन्दर शाक्यले तोडेका छन् । बिहान रानीपोखरी अवलोकनको क्रममा रानीपोखरी पुगेकी उपमेयर हरिप्रभाले खड्गीले 'पुरातत्वको स्वीकृति विना बनेको रहेछ' भन्दै रड बाँधेर हिँडेकी थिइन् ।

उपमेयर ताला लगाउँदै, मेयर तोड्दै

'पुरातत्विक महत्वको सम्पदामा हानी पुगेको हामीलाई थाहा थिएन मेयरसँग म कुरा गर्छु अहिलेलाई काम रोकौं,' उनले सञ्चारकर्मीसँग भनिन् ।

बिहान लगाइएको रड अहिले दिउँसो शाक्यले खोलेका थिए । मेयर रानीपोखरी भित्रै छन् । उनी रड खोलेर भित्र पसेका थिए । शाक्यले रड तोडेपछि व्यक्तिगत र दलगत लान्छाना लगाएर मात्रै नहुने बताए । उनले भने, 'म आउन भन्दा पहिला नै सम्झौता भएको थियो। काम अघि बढ्छ । भएको के हो थप अनुसन्धान गर्छु ।'


प्रकाशित : पुस ११, २०७४ १३:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?