कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

जिप दुर्घटनामा एकको मृत्यु, तीनको अवस्था गम्भीर

गाईघाट, उदयपुर — उदयपुर रौतामाई गाउँपालिका–४ स्थित जितेनीको पाखामा मंगलबार अपराह्न बलेरो जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य तीन जनाको अवस्था गम्भीर रहेको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–१० बोक्सेका ४५ वर्षीय कमलबहादुर मगर रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । 

जिप दुर्घटनामा एकको मृत्यु, तीनको अवस्था गम्भीर

यसैगरी दुर्घटनामा परी घाइतेहुनेमा रौतामाई–४ का गाडी चालक ३५ वर्षीय रत्न राई, सोही स्थानका ४६ वर्षीय भक्तबहादुर सार्की र ४० वर्षीया निर्मला राई रहेको उदयपुरका प्रहरी प्रमुख नवराज भट्टले बताए । घाइतेहरुको उद्धार कार्य जारी रहेको पनि उनले बताए ।


रौतामाई गाउँपालिकाको सल्ले बजारबाट सुन्तला बोकेर आउँदै गरेको स१च १२२८ नंको उक्त बलेरो जिप जितेनी पाखाको भिरमा अनियन्त्रित भई सडकबाट तीनसय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रकाशित : पुस ११, २०७४ १८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?