३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

सामुदायिक वनमा दुई दिनदेखि डढेलो

स्याङ्जा — यहाँको पुतलीबजार नगरपालिका-४ स्थित भालुपहाड रातामाटा सामुदायिक वनमा मंगलबारदेखि लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन । 

सामुदायिक वनमा दुई दिनदेखि डढेलो

मंगलबार बिहान १० बजेदेखि वनमा लागेको आगो बुधबार दिउँसोसम्म पनि निभाउन नसकिएको वडाध्यक्ष ओमबहादुर खड्काले जानकारी दिए । उनका अनुसार आगो निभाउन नगर प्रमुख, वडाध्यक्ष, जिल्ला वन अधिकृत, नेपाल प्रहरी, नेपाली सेना तथा स्थानीय खटिएका छन् । माटो खनेर हाल्ने, भाडामा पानी बोकेर खनाउने र दमकलको प्रयोग भइरहेको छ । वडाध्यक्ष खड्का अनुसार सामुदायिक वनमा ठूलो क्षति पुगे तापनि मानवीय क्षति भने भएको छैन । भिरालो जमिन र बाक्लो झाडीका कारण आगो निभाउन कठिनाई भएको उनले बताए ।


डढेलो लाग्नुको कारण खुल्न बाँकी रहेको अध्यक्ष खड्काले बताएका छन । सामुदायिक वन नजिकै छोरेखोलाबाट निस्किएको आगोको मुस्लोबाट वनमा सल्किएको अनुमान छ । छोरेखोला नजिक रहेको घरबस्ती छ ।


प्रकाशित : पुस १२, २०७४ १५:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?