कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

‘आरोपको छानबिन होस्’

काठमाडौँ — व्यापारी अजेयराज सुमार्गीका शंकास्पद आर्थिक कारोबारसम्बन्धी समाचार कान्तिपुरमा प्रकाशित भएपछि उनले त्यस मामिलालाई विषयान्तर गर्न आफू असुरक्षित रहेको जिकिर गर्दै सञ्चार माध्यमविरुद्ध लाञ्छना लगाएका छन् ।

‘आरोपको छानबिन होस्’

सुमार्गीले विदेशबाट ल्याएको र पुन: ल्याउन लागेको २२ अर्बभन्दा बढी रकम ‘अवैध रहेको’ सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोले तयार पारेको अध्ययन प्रतिवेदनमा उल्लेख छ । त्यससम्बन्धी समाचार कान्तिपुरमा प्रकाशित भएकोमा उनले आफूमाथि बदनियतले गालीगलौज गरेको केएमजीका अध्यक्ष सिरोहियाले उल्लेख गरे ।

‘मैले सुमार्गीलाई करिब तीन वर्षदेखि देखेको पनि छैन । मैले उनलाई धम्की दिएको हो भने कुन माध्यमबाट कहाँ–कसरी दिएँ भन्ने आधार पनि होला नि, प्रशासनले त्यसको निष्पक्ष छानबिन गर्नुपर्‍यो,’ सिरोहियाले भने, ‘त्यो प्रमाणित भएन भने मलाई बदनाम गर्न खोज्ने र व्यावसायिक सञ्चारगृहविरुद्ध आधारहीन लाञ्छना लगाउने व्यक्तिविरुद्ध कारबाही हुनुपर्छ ।’

काठमाडौंका प्रजिअ केदारनाथ शर्माले मंगलबार दर्ता गरिएको निवेदनमुताबिक सुमार्गीमाथि ‘सुरक्षा थ्रेट हो/होइन, हेरिदिन’ महानगरीय प्रहरी परिसर काठमाडौंलाई लेखिपठाएको जानकारी दिए ।

सुमार्गीले नेपालमै अवैध तरिकाले आर्जन गरिएको रकम विदेश लैजाने र त्यसैलाई विदेशी लगानी भन्दै नेपाल भित्र्याएर ‘ह्वाइट मनी’ बनाउने गरेको सरकारी अध्ययन प्रतिवेदनमा उल्लेख छ । उक्त प्रतिवेदनलाई अनुमोदन गर्न, विस्तृत अध्ययनका लागि अनुसन्धान अधिकृत तोक्न वा सरोकारवाला निकायलाई जिम्मेवारी दिई मुद्दा प्रक्रिया अघि बढाउन भने आलटाल भइरहेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायत केही राजनीतिज्ञको संरक्षण रहेको कारण सम्पत्ति शुद्धीकरण विभागले सुमार्गीमाथि कारबाही प्रक्रिया अगाडि बढाउन आलटाल गरिरहेको जानकार स्रोतले जनाएको छ ।

प्रकाशित : पुस १३, २०७४ ०६:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?