कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्वास्थ्य सचिवमा डा. पुष्पा चौधरी

अतुल मिश्र

काठमाडौँ — सरकारले स्वास्थ्य सचिवमा डा. पुष्पा चौधरीलाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले चौधरीलाई नियुक्त गरेको स्वास्थ्य मन्त्री दीपक बोहोराले जानकारी दिए । गत मंसिर १८ गते डा. किरण रेग्मीले अवकास पाएपछि चौधरीले निमित्त सचिवको कार्यभार सम्हालेकी थिइन् ।

स्वास्थ्य सचिवमा डा. पुष्पा चौधरी

सचिवका लागि प्रस्तावित १२ औं तहका तीन जना मध्ये उनलाई सरकारले नियुक्त गरेको हो ।


स्वास्थ्य सचिवका लागि चौधरीसँगै प्रमुख विशेषज्ञद्धय डा. विनोदमान श्रेष्ठ तथा डा. सुशीलनाथ प्याकुरेल पनि दाबेदार थिए । दुईजनालाई पछि पार्दै चौधरी स्वास्थ्य सचिव बनेकी हुन् ।


यसअघि चौधरीले स्वास्थ्य सेवा विभागको महानिर्देशक, प्रसुती गृहको निर्देशक, परिवार स्वास्थ्य महाशाखाको निर्देशक रुपमा काम गरिसकेकी थिइन् ।

प्रकाशित : पुस १३, २०७४ १३:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?