वडाध्यक्ष चौहानको मृत्यु

वीरेन्द्र केसी

अर्घाखाँची — मालारानी गाउँपालिका–३ का वडाध्यक्ष ५२ वर्षीय जीवन चौहानको उपचारको क्रममा मृत्यु भएको छ ।

वडाध्यक्ष चौहानको मृत्यु

बुटवलबाट अर्घाखाँचीतर्फ आउँदै गर्दा मंसिर २६ गते सवारी दुर्घटनामा परी गम्भीर घाइते उनको भरतपुर मेडिकल कलेजमा उपचार भइरहेको थियो । उपचारको क्रममा बिहीबार चौहानको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । टाउकोमा गम्भीर असर भएकाले अप्रेशन गरिएको थियो । चौहान साविकको खनदह गाविस अध्यक्ष थिए ।


वडाध्यक्षमा विजयी भएका चौहान खनदहमा विकासप्रेमी नेताको रुपमा चिनिन्थे । उनी एमाले जिल्ला सचिवालय सदस्य समेत थिए । उनका दुई छोरा, दुई छोरी र एक श्रीमती छन् । छोरा दुर्घटनामा परेको खबरले बेहोस भएका ८० वर्षीय बावु तकबहादुरको मंसिर २८ गते मृत्यु भएको थियो ।


प्रकाशित : पुस १३, २०७४ १५:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?