२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

आहुतिको प्रश्न : समृद्धि कसका लागि ? 

मधु शाही

काठमाडौँ — ‘चिडियाघरमा जंगली जनाव सबैले हेरुन् भन्नका लागि व्यवस्था गरिएकोछ । तर, चिडिया घरमा पैसा तिरेर हेर्न जाने आम जनताको सामर्थ छैन ।’ 

आहुतिको प्रश्न : समृद्धि कसका लागि ? 

नेकपा माओवादी केन्द्रका नेता एवं दलित अधिकारकर्मी विश्वभक्त दुलाल (आहुति) ले चिडियाखानाको उदाहरण दिंदै नेपालमा सिमान्तकृत समुदायको अवस्था यस्तै रहेको बताएका छन् । उनले अहिले मुलुकमा जुन आर्थिक सम्बृद्धिको मोडलको कुरा गरिएकोछ, त्यो गोलमटोल रहेको बताएका छन् ।


यसले के गर्न खोजेको हो, कसका लागि र कसरी गर्न थालिएको कुनै खाका तयार नभई हावाको भरमा समृद्धिको सपना देखाउनु गरीब र निमुखाको आँखामा छारो हाल्ने काम भइरहेको आरोप लगाएका छन् । उनले यति साच्चिकै उत्पीडित समुदायको स्तर उन्नती चाहने हो भने अबको दलित आन्दोलन वैज्ञानिक समाजवादी धारमा हिड्नु पर्ने पनि बताए ।


राजधानीमा बुधबार र बिहीबार गरि दुई दिने ११ औं दलित संसद कार्यक्रममा आहुतिले यस्तो विचार राखेका हुन् । उनले अबको सम्बृद्धि भनेको पर्यावरण रक्षा, मानवताको संरक्षण र श्रमिकको सेवामा आधारित हुनुपर्नेमा जोड दिएका छन् ।


विभिन्न संघ संस्थाको संयुक्त आयोजनामा गरिएको कार्यक्रममा देशभरका दलित समुदाय सहभागी थिए । नेपालका दलितको, विगत, वर्तमान र भविष्यबारे छलफल गरिएको थिए । कार्यक्रमपछि नेपालको संविधान, कानुन निर्माण प्रक्रिया र दलित आन्दोलनका भुमिका, स्थानीय तहको नीति निर्माण प्रक्रिया र दलित समावेशीकरणका सवालहरु, दलित अधिकार सम्बन्धी एकीकृत कानुन, दीगो विकास लक्ष, आगामी बजेटबारे छलफलफ गरिएकोछ ।

साथै यसबाट निस्किएको निषकर्ष दलित संसदद्धारा काठमाडौ घोषणा पत्र २०७४ सम्बन्धी विद्येयक पारित गरि नेपाल सररकार समक्ष बुझाइने आयोजक मध्येका राष्ट्रिय दलित नेटर्वकका अध्यक्ष तथा दलित संसदका सभामुख गणेश विकले बताए ।

त्यस्तै, कार्यक्रममा पुर्व सभासद् जीवन परियार, जनजाति माहासंघका पुर्व महासचिव बालकृष्ण माबुहाङ, अधिवक्ता प्रकाश नेपाली, डिएचआर नेपालका अध्यक्ष सुशील बिके, अधिकारकर्मी हिरा विश्वकर्मालगायतले दलित हक, हित र सम्बन्धित विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । यसै बीच कार्यक्रमको पहिलो दिन बुधबार संचारकर्मी विनोद पहाडीलाई टिकाराम पार्की मानव मर्यादा पुरस्कार २०७४ प्रदान गरिएको थियो । उनलाई ५ हजार रुपैयाँ नगद र दोसल्लाले सम्मान गरिएको थियो ।



प्रकाशित : पुस १३, २०७४ १६:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?