कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

कारागार झडपमा ६ घाइते

हेटौंडा — भीमफेदीस्थित क्षेत्रीय कारागारमा बन्दीकै बीचमा बिहीबार झडप हुँदा ६ जना घाइते भएका छन् । घाइतेको हेटौंडास्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ । ‘ख’ ब्लकका बन्दी र चौकीदारबीच झडप भएको कारागार प्रशासनले जनाएको छ ।

कारागार झडपमा ६ घाइते

घाइतेमध्ये दिव्य श्रेष्ठको अवस्था गम्भीर छ । उनको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ । चौकीदार रमेशकुमार लामा र अर्को पक्षबीच झडप भएको कारागार प्रशासनले जनायो । लामा पक्षले जेलभित्र सञ्चालित पसलमा शोषण गरेको, बन्दीलाई बोल्न नदिएको, आफ्नो पक्षका बन्दीलाई मात्र नाइके र भाइनाइकेमा भर्ती गरेको आरोप अर्को पक्षले लगाएको छ ।


दिउँसो १२ बजे चौकीदार लामालगायत अन्य कोठा जाँच गरिरहेको अवस्थामा दुई पक्षबीच झडप भएको थियो । लामा समूहले ६ जना बन्दीलाई दाउरा र चिर्पटले हिर्काएर घाइते बनाएको अर्को पक्षको आरोप छ । ‘ख’ ब्लकमा दुई पक्षबीच झडप हुँदा ६ जना घाइते भएको जेलर चिरञ्जीवी थापाले बताए ।


‘ख’ ब्लकमा ३ सय ७१ कैदी–बन्दी छन् । चौकीदार लामा काठमाडौंबाट सरुवा भएर भर्खरै आएका हुन् । आउनेबित्तिकै उनलाई चौकीदारको जिम्मा दिइएकाले पुराना कैदी–बन्दी रुष्ट छन् । उनले जेलमा सञ्चालित पसलमा बजारमूल्यभन्दा महँगोमा सामान बिक्री गरिरहेको आरोप छ । जेलभित्रको पसल र होटलमा चौकीदार हिस्सेदार हुन्छन् ।

प्रकाशित : पुस १३, २०७४ १९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?