कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

घूस मागेको अभियोगमा प्राधिकरणका कर्मचारीविरुद्ध मुद्दा

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण पोखरा वितरण केन्द्रका इलेक्ट्रिकल फोरमेन ईश्वरप्रसाद सुवेदीविरुद्ध विशेष अदालतमा शुक्रबार मुद्दा दायर गरिएको छ । आयोगले केही दिन पहिले उनलाई रु २५ हजार घुससहित कार्यालय परिसरबाटै पक्राउ गरेको छ ।

घूस मागेको अभियोगमा प्राधिकरणका कर्मचारीविरुद्ध मुद्दा

आयोगका प्रवक्ता पद्यप्रसाद पाण्डेयका अनुसार सुवेदीलाई मिटर जडान गर्ने कामका लागि विभिन्न बहानामा सेवाग्राहीसँग घूस माग गरिरहेको भन्ने सूचनाका आधारमा प्राधिकरणको वितरण केन्द्र मालेपाटनबाट नियन्त्रणमा लिइएको थियो । अभियुक्त सुवेदीमाथि बिगो असुल गरी कैद सजायको माग गरिएको आयोगले जनाएको छ ।


प्रकाशित : पुस १४, २०७४ १८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?