जोगिमारामा दुर्घटना, एकको मृत्यु, २ जना घाइते

हरिहरसिंह राठौर

धादिङ — धादिङको जोगिमारा स्थित पृथ्वीराजमार्गको तिक्राङ्ग खानी नजिकै भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने थप २  जना घाइते भएका छन् ।

जोगिमारामा दुर्घटना, एकको मृत्यु, २ जना घाइते

मृत्यु हुनेमा सिराहा जिल्ला मिर्चैया निवारीका–५३ वर्षीय रामबावु साह रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङले जनाएको छ । यसैगरी सोही दुर्घटनामा परि अन्दाजी–४० वर्षीय शोभादेवी साह र राजकिशोर साह गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

काठमाडौंबाट हेटौडातर्फ जाँदै गरेको ना ६ ख ००९४ नम्वरको ट्याङ्कर र विपरित दिशाबाट आउदै गरेको बा १४ च ६६६८ नम्बरको हाइलक्स जिप एक आपसमा ठक्कर खाए पछि सो दुर्घटना भएको हो ।

दुर्घनामा परी घाइते भएका हाईलक्समा सवार दुई जना गम्भीर घाइते भएको र उनीहरुलाई उपचारका लागी काठमाडौं तर्फ पठाइएको छ । दुवै सवारीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित : पुस १५, २०७४ १२:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?