सरकार गठनभन्दा पहिले नै पार्टी एकता : विष्णु पौडेल

‘पाँच नम्बर प्रदेशको राजधानी रुपन्देही नै हुन्छ’

काठमाडौँ — एमालेका उपमहासचिव विष्णु पौडेलले नयाँ सरकार गठन गर्नुअघि नै पार्टी एकता गर्ने बारेमा छलफल भइरहेको बताएका छन् । उनले भने, 'सम्भवत: हामी सरकारमा जानुभन्दा अघि नै पार्टी एकता गरेर एउटै पार्टीको नेतृत्वमा सरकार बनाउँछौं ।'

सरकार गठनभन्दा पहिले नै पार्टी एकता : विष्णु पौडेल

काठमाडौंमा आइतबार रिपोटर्स क्बलमा भएको कार्यक्रममा नेता पौडेलले भने, 'अहिले केही समयका लागि हामी दुईवटा पार्टी गठबन्धनको रुपमा छौं । तर सरकार निर्माण गर्दा एउटै कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार बनेको हेर्न पाउँनेछन् ।' अब कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार बन्ने भन्दै नेतृत्व एमाले अध्यक्ष केपी ओलीले गर्नेमा कुनै अन्योलता नरहेको उनको भनाइ छ । एकतापछि पार्टी अध्यक्ष को बन्ने भन्ने विषयमा भने छलफल चलिरहेको उनले बताए ।


नेता पौडेलले एमाले र माओवादीबीचको एकता भाँड्न षड्यन्त्र भइरहेको बताए । प्रत्यक्ष–अप्रत्यक्ष रुपमा एकताविरोधी शक्तिहरु सक्रिए भएको भन्दै उनले एकता तोड्ने प्रयास असफल हुने जिकिर गरे ।


प्रदेश नम्बर ५ को राजधानी लुम्बिनी नै हुने उनको भनाइ छ ।

प्रकाशित : पुस १६, २०७४ १७:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?