कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

श्रम शोषण अन्त्यको माग गर्दै नर्सहरु आन्दोलित

प्रकाश अधिकारी

सुर्खेत — नर्सहरुमाथिको श्रम शोषण अन्त्यको माग गर्दै यहाँका नर्सहरु पनि आन्दोलनमा उत्रेका छन् । 

श्रम शोषण अन्त्यको माग गर्दै नर्सहरु आन्दोलित

नेपाल नर्सिङ संघले गरेको चरणबद्ध आन्दोलनअन्तर्गत मंगलबार सुर्खेतस्थित मध्यपश्चिम क्षेत्रीय अस्पतालमा कार्यरत नर्सहरुले आन्दोलन जारी राखेका हुन् । श्रम ऐन, ०७४ तुरुन्त लागू गर्नुपर्ने, दुर्गममा काम गर्ने नर्सलाई उचित पारिश्रमिक र सुरक्षाको प्रत्याभूति हुनुपर्ने, योग्यता पुगेका नर्सिङ कर्मचारीलाई वृत्ति विकासका लागि प्रस्ट खाका तयार गर्नुपर्ने, योग्यता पुगेका अनमीलाई स्टाफ नर्स, स्टाफ नर्सलाई स्नातक नर्सिङ, स्नातक नर्सिङलाई स्नातकोत्तर नर्सिङ र स्नातकोत्तर नर्सिङलाई पिएचडीसम्म अध्ययनका लागि तलबी अध्ययन बिदाको व्यवस्था गर्नुपर्नेलगायत ११ बुँदे माग छन् ।


नेपाल नर्सिङ संघले आफ्ना माग पूरा नभएको भन्दै ३ गतेसम्म दैनिक तीन घण्टा काम बन्द गर्ने जनाएको छ । नर्सिङ संघ सुर्खेतकी अध्यक्ष गीता सुवेदीले माग पूरा नभए माघ ४ देखि ६ गतेसम्म सबै अस्पताल र शैक्षिक संस्थामा बिहान ८ देखि दिउँसो ४ बजेसम्मको सिफ्टमा सेवामा नफर्किने बताइन् । नर्सिङ संघकी केन्द्रीय सदस्य दिपा भट्टराईले सुर्खेतमा करिब २ सयभन्दा बढी नर्सहरु आन्दोलनमा होमिएको बताइन् । उनले माग पूरा नभए ७ गतेबाट २४ घण्टै हस्पिटलको सेवा अवरुद्ध गर्ने चेतावनी दिइन् । यस्तै क्षेत्रीय अस्पताल सुर्खेतका मेसु डा.डम्बर खड्काले नर्सहरुको आन्दोलनप्रति नैतिक रुपमा सर्मथन रहेको बताए ।

प्रकाशित : माघ २, २०७४ १५:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?