२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

दाङमा राजधानी माग्दै प्रदर्शन

दुर्गालाल केसी

दाङ — पाँच नम्बर प्रदेशको अस्थायी राजधानी दाङलाई घोषणा गर्नुपर्ने माग गर्दै दाङमा मंगलबार प्रदर्शन गरिएको छ । 

दाङमा राजधानी माग्दै प्रदर्शन

जिल्लाका घोराही, तुलसीपुर, लमहीलगायतका मुख्य बजार र सडकमा प्रदर्शन भइरहेको छ । अपरान्ह ३ देखि ४ बजेसम्म यातायात र उद्योग व्यवसाय बन्दको आह्वान गरिएको छ । बन्दका कारण यातायातका साधन र व्यवसाय सहजरुपमा चल्न सकेका छैनन् । बजारका मुख्यचोकमा स्वतस्फूर्त नाराबाजी र जुलुसहरु भएका छन् । चोकचोकमा टायर बालेर सडक अवरुद्ध गरिएको छ । यसअघि सहरी विकास मन्त्रालयले दाङलाई राजधानी घोषणा गर्नुपर्ने प्रस्ताव पेस गरेकोले उक्त प्रस्तावअनुसार अस्थायी मुकाम तोक्न प्रदर्शनकारीहरुले माग गरेका छन् ।


हालसम्म दाङमा उच्च अदालत, प्रदेश प्रहरी इकाई र प्रदेशस्तरीय राष्ट्रियसभा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएका छन् ।

प्रकाशित : माघ २, २०७४ १५:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?