कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

ससुराली आएका युवकको हत्या

हेटौंडा — मकवानपुरको दुर्गम गाउँका दुई युवकले माघे संक्रान्तिमा ससुराली आएका एक युवकलाई कुटपिट गरी हत्या गरेका छन् ।

चितवन पिप्ले घर भई राक्सिराङ गाउँपालिका-२ भाटीस्थित ससुरालीमा आएका २८ वर्षीय प्रकाश विकको स्थानीय दुई युवकले कुटपिट गरी हत्या गरेका हुन् । राक्सिराङ गाविस-२ का १८ वर्षीय अरुण दर्जी र ३५ वर्षीय बुद्धिबहादुर दर्जीले टाउकोमा चिर्पटले हानेर हत्या गरेका प्रहरीले जनाएको छ ।


संक्रान्तिको दिनको तीनै जनाले गाउँको भट्टीमा मादक पदार्थ सेवन गरेका थिए । प्रकाश र दर्जीद्वयको बीचमा विवाद हुँदा टाउकोमा चिर्पटले हिर्काउँदा प्रकाश सख्त घाइते भएका थिए । उपचारका निम्ति राति नै भरतपुर पुर्‍याएको थियो । उपचारको क्रममा मंगलबार बिहान विकको मृत्यु भएको इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक चक्र घलेले बताए । टाउकोमा चिर्पट प्रहार गर्ने दुवै जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेका दर्जीद्वय काका—भतिज हुन् ।


प्रकाशित : माघ २, २०७४ १६:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?