२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

भारतीय तिर्थालु चढेको ट्रयाक्टर पल्टिदा १ को मृत्यु, १३ घाइते

नवलपरासी — माघे औंसीका लागि त्रिवेणीधाममा भारतीय तिर्थालु चढेको ट्रयाक्टर पल्टिँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।

भारतीय तिर्थालु चढेको ट्रयाक्टर पल्टिदा १ को मृत्यु, १३ घाइते

भारतको गोरखपुरबाट माघे औंसीको अवसरमा मंगलबार त्रिवेणीधामा नुहाउन र पूजाआजा गर्नआएका तिर्थालु चढेको युपि ५३ बि क्यू ०४२० नम्बरको ट्याक्टर बिनयी त्रिवेणी गाउँपालिका-६ को तटियाखोलमा मंगलबार अपराह्न पल्टिएको हो ।


जिल्ला ट्राफिक प्रहरी निरीक्षक लक्ष्मणबहादुर शाहीका अनुसार ट्रयाक्टर पल्टिँदा चालक भारत गोरखपुरका साधु केबटको घटनास्लमै मृत्यु भएको हो । दुर्घटनामा १३ जना घाइते भएका छन् । तीमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ । उनीहरुलाई उपचारका लागि स्थानीय मेडिकलमा पठाइएको छ । दुर्घटनामा परेका सबै भारतको गोरखपुरका बासिन्दा हुन् ।


मंगलबार औंसीका दिन नेपाल भारतका हजारौं तिर्थालु त्रिवेणीधाममा आएका छन् । अघिल्लै दिनदेखि नेपाल भारतका विभिन्न स्थानबाट भक्तजनहरु त्रिवेणी आएका थिए ।

प्रकाशित : माघ २, २०७४ १६:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?