घूससहित इन्जिनियर पक्राउ

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँ महानगरपालिकामा कार्यरत इन्जिनियर सुशील चापागाईंलाई रु दस हजार घूससहित कार्यकक्षबाटै पक्राउ गरेको छ ।

आयोगका प्रवक्ता पदमप्रसाद पाण्डेयकाअनुसार भवन निर्माण सम्पन्नताको प्रमाणपत्र दिने प्रयोजनका लागि सेवाग्राहीसँग घूस मागेको सूचनाका आधारमा आयोगको टोलीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेका इन्जिनियर चापागार्इंमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।


यस्तै आयोगले मंगलबार नै यातायात व्यवस्था कार्यालय सुकेधारामा कार्यरत नासु यादव पौडेल, खरिदार सुमन पोखरेलविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । विदेशी सवारी चालक अनुमतिपत्रको नेपालीकरण गर्ने प्रयोजनाका लागि सेवाग्रीसँग घूस माग्दा माग्दै उनीहरु केही दिन पहिले घूस रकम रु ३० हजारसहित पक्राउ परेका थिए । उनीहरुको साथमा लेखापढी व्यावसायी अशोक कार्कीसमेत पक्राउ परेका थिए । उनीहरुलाई हदैसम्मको कारबाहीको माग गर्दै मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

प्रकाशित : माघ २, २०७४ १९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?