कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

३३ किलोग्राम सुन तस्करी प्रकरण : फरार अभियुक्त पक्राउ

काठमाडौँ — नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले सुन तस्करी घटनामा फरार अभियुक्तलाई पक्राउ गरेको छ ।

३३ किलोग्राम सुन तस्करी प्रकरण : फरार अभियुक्त पक्राउ

व्यूरोबाट खटिएको टोलीले २०७३ पुसमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३३ किलोग्राम सुनसहित पक्राउ परेका फरार अभियुक्त भारतीय नागरिक राहुल गोयललाई पुस २६ गते काठमाडौँबाट पक्राउ गरी मंगलबार सार्वजनिक गरको हो ।


जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले २०७३ फागुन २२ गते जिल्ला अदालत समक्ष अभियोग पत्रसहित पेस गरेकामा गोयल फरार रहेका थिए । गैरीधारा बस्ने गोयल विशालबजारमा रहेको सालिमार ज्वेलर्स सुन पसलका सञ्चालक समेत हुन् ।

प्रकाशित : माघ २, २०७४ २०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?