१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

१२ वर्षीया आयुष्काको गीत

नारायण खड्का

अष्ट्रेलिया — अष्ट्रेलियामा हुर्किएकी नेपाली बालिका आयुष्का  खनिया नेपाली संगीतमा आफ्नो परिचय बनाउन लागिपरेकी छिन् । उनले १२ बर्षको उमेरमा आफ्नो पहिलो एकल गीत हालै सार्वजनिक गरेकी छिन् ।

१२ वर्षीया आयुष्काको गीत

सात बर्षको उमेरदेखि गाउन थालेकी उनी अष्ट्रेलियाका हरेक सहरहरुमा आयोजना हुने प्राय सबै सार्वजनिक कार्यक्रमहरुमा प्रस्तुती दिने भइसकेकी छिन् । उनले सिड्नीमा आयोजना भएको नेपाल महोत्सव, ब्रिसबनमा भएको दसैं महोत्सव लगायतका ठुला नेपाली कार्यक्रमहरुमा नेपालका नाम चलेका कलाकारहरुसँग आफ्नो प्रस्तुति दिइसकेकी छिन् । क्यानबेराको सेन्ट क्लेयर कलेजमा माध्यमिक शिक्षा अध्ययन गरिरहेकी उनी आफू नेपाली र अंग्रेजी सांगीतिक क्षेत्रमा स्थापित हुने योजना सुनाउँछिन् ।


‘मलाई अंग्रेजी र नेपाली दुबै संगीत मनपर्छ,’ कान्तिपुरसँगको कुराकानीमा उनले भनिन् । उनी आफूले संगीतलाई भाषाभन्दा पनि शिक्षाको रुपमा लिने भएकाले आफु दुबै भाषामा राम्रो गाउन सक्ने दाबी गर्छिन् । २ बर्षअघि गायक अल्मोडा रानासँग गाएको कभर गीत ‘जुन त लाग्यो ताराले’ सफलता पाएपछि उनी सांगीतिक क्षेत्रमा अझ अघि बढ्न प्रेरणा दिएको बताउँछिन् । त्यसपछि रानासँगै गाएको अर्को कभर ‘मै छोरी सुन्दरी’ पनि चर्चित भएपछि उनले आफ्नो पहिलो एकल गीत ‘यो मनले के भन्छ’ केहीदिनअघि सार्वजनिक गरेकी छिन् ।


‘उनी सानै उमेरदेखि नै क्यानबेरामा हुने बिभिन्न कार्यक्रमहरुमा गाउने गथिन्.’ उनका युवराज खनियाले सुनाए । उनका अनुसार उनी आफु अध्ययन गर्ने बिद्यालयको सांगीतिक टोलीको नेतृत्व गर्ने भइसकेकी छिन् । ‘मलाई लाग्छ यो हामी अष्ट्रेलियामा भएका सबै नेपाली अभिभावकहरुको लागि खुशीको खबर हो,’ उनी आफ्नी छोरीको मेहनतले अष्ट्रेलियामा रहेका अन्य दोस्रो पुस्ताका बालबालिकाहरुलाई प्रोत्साहन मिल्ने दाबी गर्छन् ।


उनी स्थानीय गायक प्रदीप चापागाईंसँग मिलेर अर्को गीत चाँडै सार्वजनिक गर्ने तयारीमा छिन् । ‘म नेपाली मात्र नभएर अंग्रेजी एकल गीत पनि निकाल्ने तयारी गरिरहेको छु,’ उनले भनिन् । उनी आफू नेपालमै जन्मिएको र नेपाली माटोको भएकाले समेत नेपाली संगीतको बढी माया लाग्ने बताउँछिन् ।


प्रकाशित : फाल्गुन ५, २०७४ १५:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?