कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

धरान रनमा पुन र कोजु प्रथम

प्रदीप मेन्याङ्बो

धरान — धरानमा शनिबार सम्पन्न नेपाल आईस धरान रन छैटौं नेवा च्यारिटी ८ के रनको पुरुषतर्फ तीर्थ पुन र महिलातर्फ एपिएफकी २००४ कि एथेन्स ओलम्पियन कान्छिमाया कोजु प्रथम भएका छन् । 

धरान रनमा पुन र कोजु प्रथम

धरानमा प्रथम भएसँगै भारतीय सेनामा कार्यरत बाग्लुङका पुनले सफलतामा ह्याट्रिक गरेका छन् । कोजु पहिलो पल्ट धरान रनमा स्पर्धा गरेकी हुन् । पुन २६ मिनेट ४६ सकेण्डमा आठ किलोमिटरको दूरी पार गर्दै प्रथम भएका हुन् । पुरुषतर्फको दौडमा द्वितीय भएका विभागीय टिम आर्मीका हरि रिमालले २७ मिनेट १२ सेकेण्डमा र तृतीय भएका आर्मीकै टीकाराम कटुवालले २७ मिनेट १३ सेकेण्डमा निर्धारित दूरी पार गरेका थिए ।


यसैगरी महिलातर्फ द्वितीय भएकी धादिङकी सन्तोसी श्रेष्ठले ३२ मिनेट ३ सेकेण्डमा र तृतीय भएका कैलाली निवासी एपिएफकी फूलमति रानाले ३२ मिनेट ४६ मिनेटमा आठ किलोमिटरको दूरी पार गरेका थिए । महिला र पुरुष समूहका विजेताहरुमध्ये प्रथमले नगद ४० हजार रुपैयाँ, द्वितीयले नगद ३० हजार रुपैयाँ र तृतीयले २० हजार रुपैयाँ पुरस्कार, मेडल र प्रमाणपत्र प्राप्त गरे ।


अण्डर १६ को स्पर्धामा पुरुषतर्फ प्रकाश कठायत प्रथम, समिर मोहोरा द्वितीय र नारायण सुब्बा तृतीय भए । महिलातर्फ सिर्जना राई प्रथम, अमृता भण्डारी द्वितीय र बन्दना बुढा तृतीय भए । उनीहरुले नगद क्रमश: नगद ७ हजार, ५ हजार र ३ हजार रुपैयाँ पाए । १२ वर्ष मुनिका पुरुष स्पर्धामा जुम्लाका विकास बुढा प्रथम, बरदान राई द्वितीय र दिपेश राई तृतीय भए । महिलातर्फ अनुजा प्रधान प्रथम, बिपासा राई द्वितीय र सुमीक्षा राई तृतीय भए । उनीहरुले पनि नगद ७ हजार, ५ हजार र ३ हजार रुपैयाँसहित मेडल पाए ।


त्यस्तै ४० वर्ष माथिको भेट्रानको पुरुषतर्फ निर्मल राई प्रथम, मोहन सुब्बा द्वितीय र राम तामाङ तृतीय भए । महिलातर्फ रीता राई प्रथम, गंगा गुरुङ द्वतितीय र धनमाया योङहाङ तृतीय भइन् । उनीहरुले नगद ७ हजार, ५ हजार र ३ हजार रुपैयासहित मेडल पाए ।


स्पर्धाको सुपर भेट्रानमा ६९ वर्षीय धरानकै मनमोहन पालिखे भए । उनलाई उपहार प्रदान गरिएको थियो । उक्त अवसरमा धरान रनमा ५३ हप्ता पार गरेकी सिवानी देव र ५२ हप्ता कुदेका सुप्रभात राईलाई रनर अफ दी इयरबाट पुरस्कृत गरिएको थियो ।


तीनपटकसम्म एभरेष्ट एथलेटिक्समा स्वर्ण पदक विजेता धावक हरि रोकायलाई सम्मानित गरिएको थियो । विजेताहरुलाई धावक रोकाय, एथलेटिक्स एसोसिएसनका पूर्वअध्यक्ष रघुराज कोन्त, धरान रनका संस्थापक अध्यक्ष सन्तोष राई, धरान रन समूहका अध्यक्ष रोमु राईलगायतले पुरस्कार वितरण गरेका थिए ।


मुलुकमै सबैभन्दा धेरै २ हजार ५ सय धावक धाविकाले एकसाथ प्रतिस्पर्धा गरेको यो पहिलो पटक हो । धरान रनबाट प्राप्त सङ्कलित रकमले १५ जना विद्यार्थीलाई छात्रवृत्ति दिने लक्ष्य लिएको धरान रनका अध्यक्ष रोमु राईले बताए । यसअघि आयोजित धरान रनबाट हालसम्ममा ४ लाख रुपैयाँको अक्षय कोष स्थापना गरेको छ । दृष्टि नेपालले बनाउँदै गरेको ह्याप्पी होमका लागि १ लाख ७७ हजार रुपैयाँ प्रदान गरेको छ ।


धरान पोजेटिभ समूहका संक्रमित बालबालिकाको शिक्षाका लागि १ लाख ५० हजार रुपैयाँ प्रदान गरेको छ । क्यान्सर पीडितलाई २ लाख रुपैयाँ, शिक्षाका लागि अक्षयकोष खडा २ लाख ५० हजार रुपैयाँ स्थापना गरेको छ । यसपटकको बाँकी रकम नेवा च्यारिटी स्वास्थ्य कोष बनाउने तयारीका साथ महिला तथा बालबालिकाहरुलाई लक्षित गर्दै कोष स्थापना गर्ने संस्थापक अध्यक्ष सन्तोष राईले बताए ।


धरान रनका विजेताहरुका साथ सामाजिक अभियन्ता सन्तोष राई (दायाँ) र रोमु राई (बायाँ) । तस्बिर : प्रदीप/कान्तिपुर

प्रकाशित : फाल्गुन ५, २०७४ १५:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?