कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

प्रदेश ५ : उपसभामुखमा एमालेकी कृष्णी थारु निर्वाचित

घनश्याम गौतम

बुटवल — प्रदेश ५ को उपसभामुखमा वाम गठबन्धनबाट एमालेकी कृष्णी थारु निर्वाचित भएकी छिन् । उनले प्रतिद्वन्द्वी कांग्रेसबाट रिना नेपाल विश्वकर्मालाई पराजित गर्दै उपसभामुख भएकी हुन् ।

प्रदेश ५ : उपसभामुखमा एमालेकी कृष्णी थारु निर्वाचित

प्रदेश ५ को आइतबार भएको उपसभामुखको निर्वाचनका लागि मात्रै दुईजनाको उम्मेदवारी परेको थियो । शनिबार भएको मनोनयनमा वाम गठबन्धनबाट एमालेकी कृष्णी थारु र कांग्रेसबाट रिना नेपाल विश्वकर्माको उम्मेदवारी दर्ता भएको थियो ।

आइतबार भएकाे निर्वाचनमा थारुले ६६ मत प्राप्त गरिन् भने विश्वकर्माले १९ मत प्राप्त गरिन् ।

बर्दियाकी थारुलाई एमालेले समानुपातिक सांसद बनाएको हो । त्यस्तै कपिलवस्तुकी विश्वकर्मा कांग्रेसबाट समामानुपातिक सांसद हुन् ।


निर्वाचनका लागि वाम गठबन्धनको स्पष्ट बहुमत छ । सभामुखमा माओवादीबाट पूर्णबहादुर घर्ती मगर निर्विरोध निर्वाचित भएका थिए । गठबन्धनबाट एमालेलाई उपसभामुख परेको थियो ।

एमालेले थारुको उम्मेदवारी शनिबार बिहान टुंगो लगाएको थियो । एमालेका तर्फबाट मनोनयन दर्ता गरेपछि कांग्रेसले रिनालाई उपसभामुखको उम्मेदवार गराउने निर्णय गरेको हो ।

एमालेका प्रमुख सचेतक भुमिश्वर ढकालले वाम गठबन्धनबाट संयुक्त उम्मेदवारी दर्ता गरेको बताए ।


रिना नेपाल विश्वकर्मा

थारुको प्रस्तावकमा प्रमुख सचेतक ढकाल र समर्थकमा माओवादीका प्रमुख सचेतक दधिराम न्यौपाने छन् । त्यस्तै कांग्रेसबाट उपसभामुखमा उम्मेदवार बनेकी रिना विश्वकर्माको प्रस्तावकमा कांग्रेसका सुरेन्द्रबहादुर हमाल र समर्थकमा कांग्रेसकै रमा अर्याल छन् ।


उपसभामुख निर्वाचनका लागि सभामुख पूर्णबहादुर घर्तीले आइतबार १ बजे संसद् बैठक बोलाएका थिए ।


प्रकाशित : फाल्गुन ६, २०७४ १३:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?