कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

धुर्मुस-सुन्तली फाउन्डेशनलाई दुई लाख

कान्तिपुर संवाददाता

मोरङ — जमरकट्टेल वंश एकता प्रतिष्ठान विराटनगरले आयोजना गरेको सम्मान तथा सालिक अनावरण कार्यक्रममा शनिबार धुर्मुस-सुन्तली फाउन्डेशनलाई २ लाख १२ हजार २ सय २२ रुपैयाँ सहयोग प्रदान गरिएको छ । 

धुर्मुस-सुन्तली फाउन्डेशनलाई दुई लाख

फाउन्डेशनलाई प्रतिष्ठानले १ लाख १ हजार १ सय ११ र कृष्ण दाना ग्रामथानको तर्फबाट रोहण जमरकट्टेलले हजुरबुवा दुर्गाप्रसाद जमरकट्टेलको सम्झनामा १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग प्रदान गरेका छन् । सहयोग रकमको चेक प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले फाउन्डेशनका अध्यक्ष सीताराम कट्टेललाई हस्तान्तरण गरे ।

कार्यक्रममा स्मरण क्षमतामा गिनिजबुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल झापाको भद्रपुर नगरपालिका-८ का अर्पण शर्मा कट्टेल र फाउन्डेशनका अध्यक्ष कट्टेललाई मुख्यमन्त्री राईले दोसल्ला ओढाई कदर पत्र प्रदान गरेर सम्मान गरे ।

प्रकाशित : फाल्गुन ५, २०७४ १७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?