३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

‘महासमिति बैठक बोलाउन सभापति डराउनु हुँदैन’

कान्तिपुर संवाददाता

मोरङ — कांग्रेस केन्द्रीय सदस्य शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाले महासमिति बैठक बोलाउनबाट डराउन नहुने बताएका छन् । 

‘महासमिति बैठक बोलाउन सभापति डराउनु हुँदैन’

सुन्दरहरैंचा नगरपालिकास्थित विराटचौकमा आयोजित कांग्रेस भातृ संगठन नेवि संघको १ नम्बर प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा उनले महासमिति बैठक सभापति देउवाको विरोधमा नभएकोले पार्टीको विधान संशोधनका लागि तत्काल बोलाउन आग्रह गरे ।

‘पार्टीलाई समय सांपेक्ष बनाएर अघि बढन विधान संशोधनको विकल्प छैन,’ उनले भने, ‘मुलुक संघीय संरचनामा गइसकेको अवस्थामा पार्टीलाई सोही अनुसारको संरचनामा लग्न विधान संशोधन आवश्यक भएकोले पार्टी सभापति देउवालाई बैठक बोलाउन डराउने कुरै छैन ।’

उनले पार्टीलाई सुदृढ बनाउन भातृ संघ संगठनहरुलाई पुनर्जागरण गराउनुपर्नेमा जोड दिए । कोइरालाले नेपाली कांग्रेस विधिको सासनमा चलेको पार्टी भएकाले एकलौटी रुपमा गर्ने निर्णयले पार्टीलाई हानी पुर्‍याउने बताए ।


अर्का केन्द्रीय सदस्य चन्द्र भण्डारीले नेपाली कांग्रेसलाई संगठित बनाउन पार्टीभित्रको एकता आवश्यक रहेको बताए । चुनावमा पराजय भोग्दैमा कांग्रेस विचलित नहुने भन्दै मुलुकको समृद्धि र जनताको हितका निम्ति काम गर्ने उनले बताए ।


कार्यक्रममा केन्द्रीय सदस्य धनराज गुरुङ, गुरुराज घिमिरे, प्रदीप पौडेललगायतका नेताले नयाँ सोच र समयसांपेक्ष बनाएर पार्टीलाई अगाडि बढाउन नेवि संघको भूमिका महत्वपूर्ण रहेनेमा जोड दिए ।

प्रकाशित : फाल्गुन ५, २०७४ १८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?