कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

सरकारको अपेक्षा मर्यादित न्यायपालिका: प्रधानमन्त्री ओली

रासस

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले मर्यादित न्यायपालिकाको अपेक्षा राखेको बताएका छन् ।

सरकारको अपेक्षा मर्यादित न्यायपालिका: प्रधानमन्त्री ओली

एमालेको कानून विभागले आज आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्ताे बताएका हुन् ।


प्रधानमन्त्री ओलीले न्यायपालिकाका विषयमा सडकबाटै यति धेरै विरोध हुने कुरालाई सामान्य रुपमा लिनु नहुने बताए ।


“न्याय दिने मान्छेले आफ्नो अगाडि के छ भनेर थाहा नपाओस् भनेर नै आँखामा पट्टी बाँधेर तराजु समाएको संकेत प्रयोग गरिएको हो”, प्रधानमन्त्री ओलीले भने, “तर आँखामा पट्टी हैन पावर थपेर हेर्ने अवस्था बन्दा न्याय धुमिल हुन्छ ।”


प्रधानमन्त्री ओलीले देश राजनीतिक संघर्षबाट विकास र समृद्धितर्फ अगाडि बढेको बताए । प्रधानमन्त्री ओलीले देशले सुदृढ र स्थायित्वसहितको सरकार पाएकाले अब लोकतान्त्रिक र शान्तिपूर्ण ढंगले अगाडि बढ्न सकिने बताए ।


केही आग्रही वुद्धिजीवीहरुले संलग्नतालाई महत्व दिएर सत्यलाई ओझेल पारेको पनि प्रधानमन्त्री ओलीले बताए ।

प्रकाशित : फाल्गुन ५, २०७४ २१:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?