कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

दोलखामा बाल विवाह बढ्दो

राजेन्द्र मानन्धर

दोलखा — ग्रामिण भेगकी एक १४ बर्षीया बालिकालाई भूकम्पपछि भत्किएको घर बनाउने काम गर्न आएका बर्दियाका चौधरी थरका युवकले लिएर बेपत्ता भए ।

दोलखामा बाल विवाह बढ्दो

उक्त घटनालाई आमाबुबाले लुकाउन खोजपछि गैरकानुनी ठहरिने उक्त बाल विवाह सम्बन्धी अपराध सामान्य बन्यो । केही समय पछि फेरि फर्किएका युवकलाई उक्त परिवारले जुवाई मानेर सम्बन्ध गाँसे । भूकम्पपछि श्रम गर्न बाहिरबाट आएका युवकसँग किशोरी उमेरमै विहे गर्ने घटना बढेको महिला अधिकारकर्मी सिर्जना कार्कीले बताइन् ।

दोलखा जिल्ला अदालतले बाल अधिकारबारे गरेको एक कार्यक्रममा जिल्ला प्रहरी कार्यालयले प्रस्तुत गरेको तथ्याङ्कमा बाल विवाह र जवरजस्ती करणीको घटना बढिरहेको देखाएको छ । दोलखाका पीडित महिलाहरुको पक्षमा आवाज उठाउने आवाज नेपालकी अध्यक्षसमेत रहकी सिर्जनाका अनुसार आकलझुकलबाहेक जिल्ला प्रहरी कार्यालयमा बालविवाहसम्बन्धी मुद्दा बनेर नआउने बताउँछिन् । बाल विवाहको घटना बढ्नुमा विभिन्न कारण रहेको उनले बताइन् ।


दोलखाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले प्रस्तुत गरेको प्रतिवेदनमा यो आर्थिक वर्षमा चार वटा बाल विवाहको घटना दर्ता भएको उल्लेख छ । उक्त मुद्दा पनि खोजीखोजी दर्ता गरएको कार्कीले बताए । बाल विवाहसम्बन्धी मुद्दा प्रहरी कार्यालयमा नआउने र आए पनि मिलाउन खोज्ने प्रवृत्ति देखिएको उनले बताए । ‘सुराकी र खोजीखोजी उक्त अपराधको मुद्दा चलाउने गरेको छु,’ उनले भने, ‘प्रहरीको सक्रियता बढेपछि बालविवाह कम भएको छ तर अझै लुकीछिपी उक्त कार्यले बढवा पाइरहेका छ ।’


दोलखामा भूकम्पपछि देखिएको पारिवारिक कचिङ्गल, बाहिरी श्रमिकहरुको प्रबेश, बहुविवाहको संख्यामा बृद्धि आदि कारणले बालविवाह पनि बढेको सिर्जनाको भनाई छ । ‘दोलखामा अत्याधिक बहुविवाह बढेसङ्गै बाल विवाह पनि बढ्यो,’ कार्कीले भने, ‘उक्त अपराध परिवारबाटै वाहिर ल्याउन नचाहने हुँदा दोलखामा बाल विवाह भयानक बन्दै गएको छ ।’

आमाबाबुको व्यस्तताले बालिकालाई वास्ता कम हुने गर्दा पनि बाल विवाह बढेको देखिन्छ । घरमा सधै आमाबाबुको झगडाका कारणले पनि उक्त अपराध बढेको प्रहरीको अनुसन्धानले देखाएको छ । बालबच्चालाई वास्ता कम गर्ने, विद्यालयले निगरानी नराख्ने र बालबच्चाको आवश्यकता अभिभावकले पुरा गर्न नसकेका कारण पनि बाल विवाह बढेको देखिन्छ । बाल वालिकालाई मोबाइल आदि दिएर लोभमा फसाउँदै विवाहको चंगुलमा फसाउने गरिएको छ ।


बाल विवाह कम गर्न जनचेतना जरुरी रहेको दोलखा जिल्लाको घटना अध्ययनको निष्कर्ष छ । विद्यालयमा जनचेतान शिक्षाको जरुरी देखिएको छ । जिल्ला प्रहरीले विभिन्न कार्यक्रम गर्दै आएको जानकारी दिएको छ भने महिला तथा बालवालिका कार्यालयले पनि बाल चेतनासम्बन्धी कार्यक्रम गर्दै आएको जानकारी दिएको छ ।

प्रकाशित : फाल्गुन ६, २०७४ १५:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?