कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

ताप्लेजुङको एक होटलमा आगलागी 

एक तला जल्यो
आनन्द गौतम

ताप्लेजुङ — ताप्लेजुङ सदरमुकाम फुङलिङको हेलिप्याड स्थित होटल इको भ्यूमा शुक्रबार बिहान आगलागी भएको छ । 

ताप्लेजुङको एक होटलमा आगलागी 

होटल, लज र रेष्टुरेण्ट संचालनमा रहेको तीन तले घरको माथिल्लो तलामा बिहान ६ वजे आगलागी भएको थियो । बिद्युत सर्ट भएर आगलागी भएको होटलका सञ्चालक खगेन्द्र पालुङवाले बताए । आगलागी हुनासाथ लजमा रहेका अतिथिलाई बाहिर निकालेकाले मानवीय क्षति जोगिएको छ ।


दमकल, सेना, सशस्त्र प्रहरी र स्थानीयको प्रयासमा डेढ घण्टापछि आगो नियन्त्रणमा लिएको छ । आगलागीबाट भएको क्षतको एकिन भईसकेको छैन । फुङलिङमा प्रत्येक वर्षजसो आगलागी हुँदै आएको छ ।

प्रकाशित : चैत्र ९, २०७४ ०९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?