२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

मोटरसाइकल ठोक्किदाँ २ को मृत्यू, २ जना घाईते

गणेश चौधरी

टीकापुर — कैलालीको लम्की चुहा नगरपालिका–२ गणेशपुरमा २ मोटरसाइकल आपसमा ठोक्किदाँ २ जनाको मृत्यू भएको छ । २ जना घाईते छन् । 

मोटरसाइकल ठोक्किदाँ २ को मृत्यू, २ जना घाईते

दुर्घटनामा बर्दिया गेरुवा गाउँपालिका–२ का शिवराज बोगटी र टीकापुर नगरपालिका–१ व्लक नम्बर १८ का नेत्र रावलको मृत्यू भएको हो । बोगटीको घटनास्थलमै र रावलको उपचारको लागि नेपालगञ्ज लैजाने क्रममा बाटोमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।


दुर्घटनामा घाईते भएका जोशीपुर–६ सिम्रीका आसाराम चौधरी र कञ्चनपुर बेलौरीका दिपक चौधरीको लम्की स्थित स्थानीय स्वास्थ्य संस्थामा उपचार भैरहेको इलाका प्रहरी कार्यालय लम्कीका प्रहरी निरिक्षक नैनसिंह साउँदले बताए ।


पुर्बबाट पश्चिमतर्फ जाँदै गरेको से ५ प ४८०३ नम्बरको मोटरसाइकल र पश्चिमबाट पुर्बतर्फ आउँदै गरेको से २ प ७९८१ नम्बरका मोटरसाईकल आपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रकाशित : चैत्र ९, २०७४ ०९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?