कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तीन महिनादेखि प्रजिअ र सहायक प्रजिअ अनुपस्थित

रासस

गाईघाट, उदयपुर — तीन महिनादेखि प्रमुख जिल्ला अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारीविहीन बन्न पुगेपछि जिल्ला प्रशासन कार्यालय उदयपुरको काम प्रभावित भएको छ ।

तीन महिनादेखि प्रजिअ र सहायक प्रजिअ अनुपस्थित

प्रदेश र केन्द्रको प्रतिनिधिसभाको निर्वाचन सम्पन्न हुनासाथ प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेल अन्यत्र जिल्ला सरुवा भएर गएको र सोभन्दा अगाडि नै सहायक प्रजिअ प्रकाशजंग कार्कीसमेत अन्यत्र गएदेखि गर्ने प्रमुख प्रशासनिक र प्रशासन सम्बन्धित न्यायिक कार्य रोकिएको उदयपुर जिल्ला प्रशासनले जनाएको छ । अहिले प्रमुख जिल्ला अधिकारी र सहायक प्रजिअसमेत नभएका कारण प्रशासनले हेर्ने सामान्य कार्य प्रशासकीय अधिकृत कुमार खड्काले हेरिरहेका छन् ।


प्रजिअ तथा सहायक प्रजिअको अभावमा तीन महिनादेखि जिल्ला प्रशासन कार्यालयमा झण्डै २०० विभिन्न प्रकारका सार्वजनिकसम्बन्धी मुद्दा अनिर्णित भएको जिल्ला प्रशासन कार्यालय उदयपुरले बताएको छ । प्रजिअ वा सहायक प्रजिअको उपस्थितिमा हल गर्नु पर्ने जटिल प्रकारका सार्वजनिक र यससँग सम्बन्धित न्यायिक कार्यसमेत हुन नसक्दा सर्वसाधारणले गुनासो गरेका छन् ।


नयाँ सरकार गठन भएलगत्तै देशमा प्रशासनिक तथा न्यायिक सुधार गर्ने र सुशासन व्यवस्थापन गर्ने नयाँ सरकारले घोषणा गरेको भए तापनि उदयपुरमा अहिलेसम्म पनि प्रजिअ र सहायक प्रजिअसमेत व्यवस्थापन गर्न नसकेको नेकपा (माओवादी केन्द्र)का नेत्री तथा पूर्वसभासद् मणि खम्बुको धारणा छ ।

प्रकाशित : चैत्र ९, २०७४ १२:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?