लहान विस्फोटनको गोइतले लियो जिम्मा

राजविराज — सिरहाको लहानमा शुक्रबार भएको बम विस्फोटन आफ्नो पार्टीले गरेको भन्दै जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) का अध्यक्ष जयकृष्ण गोइतले जिम्मेवारी लिएका छन् ।

गोइतले विज्ञप्ति जारी गर्दै आर्थिक सहयोग लिन गएका आफ्ना कार्यकर्तालाई प्रहरीद्वारा पक्राउ गर्ने षडयन्त्र गरेकोले लहानको दुर्गा मन्दिर नजिक रहेको विकास ज्वेर्लसलाई लक्षित गरी चेतावनी स्वरुप प्रेसर कुकर बम विस्फोट गराएको उल्लेख गरेका छन् ।


आफूहरु तराईको स्वतन्त्रताका लागि सशस्त्र लडाईंमा रहेकाले हतियार र विस्फोटक पदार्थ खरिद गर्न आबश्यक भएको र त्यसका लागि आर्थिक संकट आइपरेकाले आर्थिक संकलन अभियान चलाएको गोइनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

प्रकाशित : चैत्र ९, २०७४ १७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?