२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

घुस सहित पक्राउ

भक्तपुर — भूमिसुधार कार्यालय भक्तपुरका नायव सुब्वा कमल भुजेल घुस लिँदालिदै पक्राउ परेका छन् । नायव सुब्वा भुजेललाई सेवाग्राहीबाट घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शुक्रबार रंगेहात पक्राउ गरेको हो ।

चाँगुनारायण नगरपालिका–८, सुडालमा रहेको जग्गाको मोही कायम गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग १० हजार रुपैयाँ लिँदै गर्दा भूजेललाई नियन्त्रणमा लिएको अख्तियारको प्रेस विज्ञप्तिमा उल्लेख छ । विराटनगर–४, मोरङ घरभई बुढानिलकण्ठ–१०, काठमाडौं बस्ने भुजेललाई अख्तियारको टोलीले कार्यालय परिसरबाटै पक्राउ गरेको उल्लेख छ ।

प्रकाशित : चैत्र ९, २०७४ १७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?