कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

४० वर्षपछि परिवारसँग मिलन

बीबीसी

मुम्बई — एक भारतीय नागरिकको एक भिडियोका कारण आफ्नो परिवारसँग बिछोडिएको ४० वर्षपछि पुनर्मिलन भएको छ ।
भारतीय राज्य मणिपुरका खोमद्रम गम्भीर सिंह सन् १९७८ मा २६ वर्षको उमेरका हराएका थिए ।

४० वर्षपछि परिवारसँग मिलन

उनको परिवारले वर्षौंसम्म कुनै सूचना प्राप्त गरेका थिएनन् । तर सिंहलाई ३ हजार ३ सय किलोमिटर टाढा मुम्बईका सडकमा गीत गाइरहेको युटयुबमा भिडियोमा देखेका थिए ।


त्यसपछि प्रहरीको सहयोगमा उनको परिवारका सदस्यले सिंहलाई भेटेका हुन् । पूर्वसेनाका सिपाही सिंह मुम्बई प्रहरीको सहयोगमा उनी बिहीबार मणिपुरस्थित आफ्नो घर फर्केको अधिकारीले बताए । ‘मलाई मेरो आँखाले देखेको पनि विश्वास लागिरहेको छैन, जब मलाई मेरो एक भतिजले उक्त भिडियो देखायो,’ सिंहका भाइ खोमद्रम कुलचन्द्रले भने, ‘हामीले सम्पूर्ण आशा मारिसकेका थियौं ।’ उनले गीत गाइरहेको उक्त भिडियो मुम्बईका सडक फोटोग्राफर फिरोज सक्रिरले गत अक्टोबरमा खिचेका थिए । उनले समाचार संस्था एपीसँग भने, ‘उनले पुराना हिन्दी गीत गाएर पैसा जम्मा पारिरहेका थिए ।’


मुम्बई प्रहरी निरीक्षक पण्डित ठाक्रेले आफूले सिंहलाई मुम्बईको रेल स्टेसनको बाहिर दुर्गन्धित अवस्थामा फेला पारेको बताए । उनका अुनसार सिंहले आफू भारतीय सेनाको सिपाही रहेको र विवाह भएको केही महिनामै घर छाडेको बताएका थिए ।


त्यसयता उनले मुम्बईका सडकमा मागेर, दैनिक ज्यालादारी गरेर र गीत गाएर जीवन गुजारा गर्दै आएको बताएको ठाक्रेले जनाए । ठाक्रेका अनुसार प्रहरीलाई उनका परिवारले खबर गरेपछि तस्बिरमार्फत यकिन गरेको बताए । उनको परिवारसँग मिलन भएपछि मुम्बई प्रहरीले ट्वीटमार्फत खुसी मनाएको छ । सकिरले सिंह मुम्बईबाट हिँडेको मणिपुरको घर पुगेका तस्बिर ट्वीट गरेका छन् ।

प्रकाशित : वैशाख ७, २०७५ ०९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?