२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

क्युबामा नयाँ राष्ट्रपति 

बीबीसी

हवाना — क्युबामा लामो समयदेखिको क्यास्ट्रो परिवारको शासन अन्त्य गराउने संसद्को निर्णयसँगै राष्ट्रपति राउल क्यास्ट्रोका निकट सहयोगी मिगेल डियाज–कनेलले नयाँ राष्ट्रपतिमा बिहीबार शपथ लिएका छन् । 

क्युबामा नयाँ राष्ट्रपति 

कनेल सन् १९५९ को क्रान्तियता क्युबामा पहिलोपटक क्यास्ट्रो परिवार नियन्त्रण बाहिरका राष्ट्रपति बनेका हुन् । कनेल विगत ५ वर्षदेखि क्युबाको उप–राष्ट्रपति थिए । फिडेल क्यास्ट्रो बिरामी भएपछि सन् २००६ बाट राउल क्यास्ट्रोले क्युबाको सत्ताको जिम्मेवारी सम्हालेका थिए ।


कनेल क्युबाली क्रान्तिपछि जन्मिएको भए पनि उनी क्यास्ट्रोको निकटस्थ भएकाले क्युबामा ठूलो परिवर्तन नहुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी भएपछि पूर्वराष्ट्रपति

बाराक ओबामाको कार्यकालमा अमेरिका–क्युबा सम्बन्धमा देखिएका सुधारका संकेतमा केही अवरोध उत्पन्न भएको छ । क्युबामा सत्ताबाट बाहिरिएपछि पनि वर्तमान राष्ट्रपति क्यास्ट्रो शक्तिशाली रहने अपेक्षा गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ । यद्यपि सन् २०२१ मा पार्टीको महाधिवेशनसम्म क्यास्ट्रो पार्टीको प्रमुख पदमा रहिरहनेछन् ।


को हुन् डियाज कनेल ?

सन् २०१३ मा क्युबाको काउन्सिल अफ स्टेटको उपराष्ट्रपतिमा नियुक्त हुँदा तुलनात्मक रूपमा डियाज–कनेल खासै चर्चित व्यक्तित्व थिएनन् । तर पछि उनी राष्ट्रपति क्यास्ट्रोका नजिकका सहयोगी भए । फिडेल क्यास्ट्रोले पहिलो पटक प्रधानमन्त्रीका रूपमा शपथ लिनु केही समयअघि सन् १९६० को अप्रिलमा कनेल जन्मिएका हुन् । कनेलको हालैका दिनमा निवर्तमान राष्ट्रपति राउल क्यास्ट्रोले प्रशंसा गर्ने गरेका थिए ।

प्रकाशित : वैशाख ७, २०७५ ०९:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?