कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नक्कली सुन किन्दा विलाप

पित्तलमा सुनको जलप लगाएर बेच्ने दुई पक्राउ

काठमाडौँ — गत वर्ष पुस २३ को कुरा हो । भक्तपुर सूर्यविनायकका राजेन्द्र थापा नागार्जुनको सेतो गुम्बा जाने बाटोको एकान्तस्थल पुगे । साथीसँग मोटरसाइकलमा पुगेका उनले झोलामा २८ लाख ६० हजार रुपैयाँ बोकेका थिए ।

नक्कली सुन किन्दा विलाप

त्यहीँ आइपुगे रामेछाप, दोरम्बा घर भई भक्तपुर, सल्लाघारी बस्ने अजय तामाङ, विष्णु मोक्तान, झापा घर बताउने कर्ण लिम्बू र अर्का एक जना । थापाले बिटाका बिटा रकम अजयको समूहलाई दिए र त्यसबापत बिस्कुट आकारको एक केजी ‘सुन’ लिए ।


करिब १५ लाख रुपैयाँ फाइदा हुने सोचमा लगानी गरेका थापा केही दिनपछि सुन बेच्न जाँदा छाँगाबाट खसेझैं भए । पसलेले सुन नक्कली भएको बताएपछि उनको होसहवास उड्यो । तस्करीको सुन सस्तोमा किनेर बेच्ने र मनग्गे कमाउने लोभमा उनले नजिकका साथीभाइबाट रकम सापटी लिएका थिए । सुन नक्कली भएको थाहा पाउनेबित्तिकै उनी बेच्ने गिरोहको खोजीमा लागे । तर, सबै सम्पर्कविहीन भइसकेका थिए । त्यसपछि उनी महानगरीय प्रहरी वृत्त स्वयम्भू पुगे । प्रहरी परिसर काठमाडौंका एसएसपी विश्वराज पोख्रेलले सुन भनेर बेचिएको बिस्कुट पित्तल भएको र सुनको जलप मात्रै लगाइएको बताए ।


घटनाको दुई महिनापछि वृत्तले नक्कली सुन बेच्ने गिरोहका चारमध्ये दुई जनालाई पक्राउ गरेको छ । सुन बेच्ने काममा संलग्न अजय र विष्णु पक्राउ परेका हुन् भने कर्ण र अर्का एक जना फरार छन् । वृत्तका डीएसपी किशोर श्रेष्ठले फरारको खोजी भइरहेको बताए । प्रहरीसँग बयानक्रममा दुवैले सुन बेचेबापत चार–चार लाख रुपैयाँ लिएको र बाँकी रकम अन्य दुई जनाले लिएको बताएका छन् । डीएसपी श्रेष्ठले धेरै कमाउने लोभमा नक्कली सुन किनबेच भएको बताए । स्रोतका अनुसार तस्करीको सुन किन्ने काममा संलग्न थापामाथि पनि प्रहरीले थप अनुसन्धान बढाइसकेको छ ।


ठगीमा संलग्न २ पक्राउ

भाइबर, इमो र म्यासेन्जरमार्फत चिठ्ठा परेको भन्दै झुक्याएर रकम असुल्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवन खैरनी १३ का अभिशेख गौतम र चितवन बछौलीका राम पौडेल छन् । प्रहरीका अनुसार ठगी गर्ने यो समूहले २५ लाख भारतीय रुपैयाँ चिठ्ठा परेको सन्देश मोबाइलमा पठाउने र त्यो पाउन सरकारी राजस्व तिर्न अग्रिम रकम पठाउनुपर्ने बताउँथे । प्रहरीका अनुसार यस्तै नक्कली सन्देशका भर परेर गोकर्णेश्वर नगरपालिका ५ का अनिल शेर्पाले मनी ट्रान्सफरमार्फत १ लाख ४५ हजार ८ सय रुपैयाँ पठाइसकेका थिए । पक्राउ परेका दुवैलाई मुलुकी ऐनको ठगी महलअन्तर्गत कारबाही चलाइनेछ ।

प्रकाशित : वैशाख ७, २०७५ ०९:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?