कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

‘ड्याडकै कारण यहाँसम्म’

एजेन्सी

काठमाडौँ — सन् २००० मा मिस वल्र्डको उपाधि जितेपछि प्रियंका चोपडाले बलिउड प्रवेश गरिन् । यो अवधिमा उनले बलिउडमा मात्रै नभई हलिउडमा समेत छुट्टै स्थान बनाएकी छन् ।

‘ड्याडकै कारण यहाँसम्म’

हालै बलिउडमा उनको प्रियंकाको १६ वर्ष पूरा भएको छ । यस अवसरमा उनले ट्वीटरमा भिडियो सेयर गर्दै भनेकी छन्, ‘यो मेरो लागि अविस्मरणीय समय हो । तपाईंले मलाई पहिलो पटक स्क्रिनमा देख्दाको अनुभव बताउन सक्नुहुन्छ ।’


यो भिडियो प्रिंयकाका थुप्रै फयानले प्रशंसा गर्दै रिट्वीट गरेका छन् । छोटो समयमै बलिउडदेखि हलिउडसम्मको यात्रा तय गरेकी प्रियंकाले ‘द हिरो’ बाट बलिउड डेब्यु गरेकी थिइन् । यसपछि उनले ‘अन्दाज’, ‘ऐतराज,’ ‘बरसात’, ‘ब्लफ मास्टर’, ‘डन’, ‘क्रिस २’, ‘फेसन’, ‘बर्फी’, ‘मेरी कोम’, ‘बाजीराव मस्तानी’ जस्ता फिल्मबाट वाहवाही बटुलिन् ।

आफ्नै बलबुतामा छोटो समयमै बलिउडमा सफल अभिनेत्रीका रूपमा दरिइन् । पाँच वटा फिल्म फेयर, नेसनल अवार्डसम्म हात पारिन् । भारतको चौथो ठूलो सम्मान पद्मश्रीसमेत पाइसकेकी उनी फिल्म इन्डस्ट्रीमा आउनुको श्रेय भने आफ्ना बुबालाई दिन्छिन् ।

प्रियंकाका बुबा भारतीय सेनाका चिकित्सक थिए । आमा पनि चिकित्सक नै हुन्, ‘डयाडले नै मलाई यो क्षेत्रमा अघि बढ्न प्रेरणा दिइरहनुहुन्थ्यो,’ ३५ वर्षीया अभिनेत्रीले भनेकी छन्, ‘उहाँकै कारण म यहाँ छु ।’

प्रकाशित : वैशाख ७, २०७५ १०:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?