कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जबरजस्ती करणीमा विद्यार्थी पक्राउ

देवनारायण साह

मोरङ — प्रहरीले विराटनगरस्थित नोबेल मेडिकल कलेजमा एमबीबीएस अध्ययनरत एक विद्यार्थीलाई स्टाफ नर्सलाई जबरजस्ती करणी गर्न खोजेको आरोपमा पक्राउ गरेको छ । 

जबरजस्ती करणीमा विद्यार्थी पक्राउ

सप्तरीको बलान बिहुल गाउँपालिका-४ घर भई उक्त मेडिकल कलेजमा अध्ययनरत २६ वर्षीय मनिष मिश्रलाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ । मिश्रले निजी अस्पतालमा कार्यरत स्टाफ नर्सलाई विराटनगर-४ स्थित आफ्नो कोठामा लगी जबर्जस्ती गर्न खोजेपछि नर्स भागेकी थिइन् ।


पीडितले खबर गरेपछि जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले तत्काल मिश्रलाई पक्राउ गरी जबरजस्ती करणी मुद्दा दर्ता गरेर छानबिन सुरु गरेको प्रहरी नायव उपरीक्षक विष्णुहरि कोइरालाले बताए ।

प्रकाशित : वैशाख ७, २०७५ १६:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?