कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दुर्लभ पाटेबाघ मृत फेला, अनुसन्धानका लागि नमूना संकलन

रत्ननगर, चितवन — चितवनको रत्ननगरस्थित पञ्चकन्या सामुदायिक वनमा एउटा दुर्लभ पाटेबाघ मृत फेला परेको छ । बिहीबार पानीमा खेल्ने र जमिनमा जाने गरिरहेको बाघ आज मृत फेला परेको चितवनका जिल्ला वन अधिकृत केदारनाथ पौडेलले जानकारी दिए । 

दुर्लभ पाटेबाघ मृत फेला, अनुसन्धानका लागि नमूना संकलन

रत्ननगर नगरपालिकाले फोहर फाल्ने डम्पिङसाइडदेखि १०० मिटर उत्तरतर्फ पञ्चकन्या वनमा उक्त भाले बाघ मरेको हो । शरीरभरी घाउ नै घाउ भएको अवस्थामा बाघ मरेको भेटिएको भन्दै उनले अर्को बाघसँग जुधेर घाइते भएको र त्यही संक्रमणले मरेको आशंका गरिएको बताए ।


यसअघि हिजो उसले एउटा बँदेल समेत मारेर खाएको थियो । मरेको बाघको नमूना संकलन गरेर राष्ट्रिय प्रकृति संरक्षण कोषको प्रयोगशालामा पठाइएको पौडेलले जानकारी दिए ।


अरु नै कारण भए परीक्षणपछि मात्र यकिन हुने उनको भनाइ छ । पौडेलका अनुसार १५ दिनअघि समेत सोही वन क्षेत्रमा एउटा बाघ मरेको थियो । यसअघि चैत १० गते चितवन राष्ट्रिय निकुञ्ज नजिकै राप्ती नदी किनारमा बाघ मृत भेटिएको थियो । चैत र वैशाखमा मात्रै चितवनमा तीनवटा बाघ मरिसकेको छ ।


यसैबीच चितवन राष्ट्रिय निकुञ्जको जर्नेली पोष्टमा आज एकै ठाउँमा सात गैंडा भेटियो । वन्यजन्तु सप्ताहको अवसरमा आज जनप्रतिनिधि तथा संरक्षणकर्मीको जिप सफारीका क्रममा सौराहाबाट निकुञ्जको मूख्य कार्यालय कसरासम्म पुग्दा विभिन्न स्थानमा गरेर १० गैंडा फेला परे । गैंडा घाँसे मैदानमा चर्दै थिए ।

प्रकाशित : वैशाख ७, २०७५ १७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?