३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

६ सय १३ पत्रकारको दुर्घटना बीमा

काठमाडौँ — चालु आर्थिक वर्ष २०७४/०७५ को पत्रकार दुर्घटना बीमाअन्तर्गत पहिलो चरणमा ६१३ जना पत्रकारको दुर्घटना बीमा मंगलबारदेखि लागू भएको छ । 

६ सय १३ पत्रकारको दुर्घटना बीमा

सूचना विभागमा मंगलबार आयोजित कार्यक्रममा विभागका महानिर्देशक बालकृष्ण घिमिरे र महासंघका कोषाध्यक्ष राजेश मिश्रले एनएलजी बीमा कम्पनीका प्रतिनिधिलाई संयुक्त रुपमा चेक हस्तान्तरण गरे । नेपाल पत्रकार महासंघ, सूचना विभाग र एन एनएलजी कम्पनी लिमिटेडबीच २०७४ चैत २ गते भएको सम्झौता बमोजिम ३१० रूपैयाँ ७५ पैसाका दरले ६१३ जना पत्रकारको १, ९०, ४८९ रूपैयाँ ७५ पैसा रहेको छ ।


पत्रकार महासंघले पत्रकार दुघर्टना बीमाका लागि तीन वर्षदेखि पत्रकारहरुको विवरण संकलन गर्दै आएको छ । पत्रकार दुर्घटना निर्देशिका २०७० अनुसार २५ प्रतिशत शूल्क पत्रकार स्वयम् काम गर्ने सञ्चार गृहले व्यहोर्ने व्यवस्था रहेको छ । बाँकी ७५ प्रतिशत शुल्क सरकारी पत्रकार बीमा कोषबाट व्यवस्था हुने व्यहोरा रहेको छ । सम्झौताअनुसार श्रमजीवी पत्रकारका लागि ७७ रुपैयाँ ६९ पैसा पत्रकार काम गर्ने सञ्चारगृहले तिरिदिनुपर्ने छ । बाँकी ७५ प्रतिशतले आउने २३३ रुपैयाँ ०६ पैसा सरकारका तर्फबाट व्यहोरिएको छ ।


कार्यक्षेत्रमा क्रियाशील रहँदा बीमित पत्रकारको चोटपटकका कारण शरीर ७५ प्रतिशतभन्दा बढी अशक्त भएको खण्डमा पाँच लाख रुपियाँसम्म पाउने छन् । त्यस्तै दुर्घटनाबाट उत्पन्न उपचारमा लागेको वास्तविक खर्चको बिलअनुसार दुई लाख रुपियाँसम्म बीमा कम्पनीले व्यहोर्ने छ । उपचारमा लाग्ने २० प्रतिशत बराबरको रकम भने पत्रकार स्वयम्‌ले व्यहोर्नुपर्ने पत्रकार दुर्घटना बीमा निर्देशिका, २०७० मा उल्लेख छ ।


नयाँ आर्थिक वर्ष दोस्रो चरणको पत्रकार दुर्घटना बीमाका लागि पत्रकारको विवरण आजैबाट संकलन गरी जेठ मसान्तसम्म प्राप्त भएकालाई प्रक्रियामा अघि बढाइने पत्रकार महास‌ंघले जनाएको छ ।


दुर्घटना बीमाको सुविधामा सहभागी हुन सूचना विभागको पत्रकार परिचय पत्र लिइ नवीकरण गरेको तथा पत्रकार महासंघको सिफारित अनिवार्य गरिएको छ । महासंघले बीमा कार्यक्रममा सहभागी हुन सबै पत्रकारलाई आह्वान गरेको छ ।


प्रकाशित : जेष्ठ ८, २०७५ १६:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?