कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

खानेपानीको जारमा किरा, उत्पादक कम्पनीविरुद्ध उजुरी

प्रदीप मेन्याङ्बो

सुनसरी — इटहरी उपमहनगरपालिकाको तरहरास्थित शिव जल उद्योग प्रालीले उत्पादन गरेको पिउने पानीको जारमा किरा फेला परेको छ । जारमा किरा फेला परेपछि उद्योगविरुद्ध मंगलबार कारबाहीका लागि उजुरी परेको छ ।

खानेपानीको जारमा किरा, उत्पादक कम्पनीविरुद्ध उजुरी

पानी उत्पादक कम्पनीविरुद्ध धरान– १८ का वडाध्यक्ष प्रवीण राईले उजुरी दिएका हुन् ।


रत्नचोकस्थित घरमा पिउनका लागि वडाध्यक्ष राईका बाबु ध्यानबहादुर राईले नजिकैको किराना पसलबाट किनेर ल्याएको फिल गुड ब्राण्डको पानीले भरिएको जारभित्र किराहरु सलबलाएको फेला परेको थियो ।


इलाका प्रहरी कार्यालयमा कारबाहीका लागि उजुरी दिएपछि वडाध्यक्ष राईले भने, ‘खानेपानीको जारबाट पानी सार्न भनेर हेरेको साना साना लाम्चा लाम्चा परेका टेपवर्म जुका जस्ता किरै किरा पो सलबलाई रहेका देखियो । किरासरीको पानी उपभोक्तालाई विक्री गर्नु जनस्वास्थ्यप्रति पानी उत्पादक कम्पनीले खेलबाड गरेको ठहर गरेर नियम अनुसार कारवाही गर्न माग गरिएको छ ।’


शतप्रतिशत शुद्ध प्राकृतिक पिउने पानी भनेर प्रचार गर्दै उपभोक्तालाई पानी विक्री वितरण गर्दै आएको उक्त उद्योगले लापरवाही गरेको उपभोक्ताहरुले बताएका छन् ।


यसैबीच प्रहरीले तरहरास्थित शिव जल उद्योग प्रालीको पानी वितरण गर्ने को १ च ९९१८ नम्बरको गाडी नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक रामेश्वर पौडेलले उपभोक्ताको स्वास्थ्यमा खेलवाड र हेलचेक्राईँ गर्ने जो कोहीलाई छुट नहुने भएकाले कानुन अनुसार कारबाही प्रक्रिया अघि बढाउने बताए ।


तर पानी उत्पादक कम्पनीका मालिक विकल दाहालले पहिलो पटकलाई माफ मागेकाले प्रमुख जिल्ला जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीलाई जानकारी दिदै छाडिएको डिएसपी पौडेलले बताए ।

प्रकाशित : जेष्ठ ८, २०७५ १७:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?