कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

शेयर बजार : चार अंकले घट्यो

रासस

काठमाडौँ — निरन्तर ओरालो लाग्दै आएको शेयर बजार मंगलबार पुनः ४.३१ अंकले घटेर नेप्से परिसूचक एक हजार ३३२.८२ बिन्दुमा पुगेको छ । 

शेयर बजार : चार अंकले घट्यो

नेपाल स्टक एक्स्चेन्जका अनुसार ‘क’ वर्गका शेयर कारोवारको मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत एक अंकले घटेको छ । कूल १६० कम्पनीको १० लाख ४७ हजार ८४३ कित्ता शेयर रु ५३ करोड ८६ लाख नौ हजार ३८९ मूल्यमा खरिद बिक्री भएको छ । स्टकका अनुसार आज तीन उपसमूहको शेयर बढेको छ भने सात उपसमूहको शेयर बढेको छ । होटल २.९३, उत्पादन ५.८५ र माइक्रोफाइनान्स समूहको शेयर ५.७५ बिन्दुले बढेको छ ।


यस्तै बैंकिङ ४.१४, विकास बैंक ७.२, जलविद्युत् ३.९३, फाइनान्स १.५६, बीमा २४.४५ तथा अन्य समूह ५.३५ बिन्दुले घटेको छ ।

प्रकाशित : जेष्ठ ८, २०७५ १७:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?